नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।
उनले मंगलबार भएको मलेसियाविरुद्धको खेलमा अविजित ४८ रन बनाउँदै एक हजार रन पूरा गरेकी हुन् । इन्दुले ७७ खेलको ७० इनिङ्सबाट १०३३ रन बनाएकी छन् ।
सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा सीता रानामगर र तेस्रो स्थानमा रुविना क्षेत्री छिन् । सीताले ६३ खेलबाट ९६५ र रुविनाले ७८ खेलबाट ९३६ रन बनाएकी छन् ।
दायाँ हाते ब्याटर इन्दुले मलेसिया विरुद्ध जारि पाँच वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत चौंथो खेलमा अविजित ४८ रन बनाउदै उक्त कीर्तिमान आफ्नो नाम गरेकी हुन्।
२८ वर्षीय इन्दुले सन् २०१९ जनवरीमा मा छिन् विरुद्ध बैङ्ककमा थाइल्याण्डवोमन्स टि-२० स्म्यास प्रतियोगितामा नेपालको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिईन्।
