१ रनले रुपनी राईडर्सलाई पराजित गर्दै बजाज खडक वारियर्सलाई सप्तरी प्रिमियर लिगको उपाधि

विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।

राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो।

बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाउन सक्यो। स्कोरकार्ड 

रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सुनिल धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रन बनाए।

निरज मुखियाले अविजित अर्धशतक बनाए

बजाज खडक वारियर्सको बलिंगमा अनिल खरेल र गोमानंद अमात्यले समान ३ विकेट लिए। खरेलले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन तथा अमात्यले ४ ओभरमा १८ रन खर्चिए। भुलावन सहानिले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १४६ रन बनाएको थियो।

वारियर्सको लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहानीले अविजित १३ रन बनाए।

पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गरेका थिए।

देब्रे हाते स्पिनर अनिल खरेलले सर्वाधिक ३ विकेट लिए

रुपनी राईडर्सको बलिंगमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए।

उपाधि सहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पार्यो। यस्तै रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिए जसले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए। प्रतियोगिताकै उत्कृस्ट बलर बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिए जसले रु. १५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।

धेरैले पढेको 

https://wicketnepal.com/april-17-nepal-tri-series-date-ann-wn21/

https://wicketnepal.com/eng-vs-ind-2nd-odi-2021/

https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy