रोमान्चक खेल १ रनले जित्दा दक्षिण अफ्रीकालाई सिरिजमा अग्रता

सनसनीपूर्ण खेल १ रनले जित्दै भ्रमण टोलि दक्षिण अफ्रीकाले वेस्टइन्डिज बिरुद्ध ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा तेश्रो खेल समाप्त हुँदा २-१ को अग्रता हाँसिल गरेको छ।

ग्रेनाडा स्थित नेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १६६ रन बनायो।

जितको लागि वेस्टइन्डिजलाई अन्तिम २ ओभरमा १९ रन आवस्यक थियो र साथमा थियो ४ विकेट। १९ औं ओभरमा एनरिक् नोर्कियाले मात्र ४ रन खर्चर निकोलस पुरनको विकेट लिए जसपछि अन्तिम ओभरमा १५ रन आवस्यक रह्यो। अन्तिम ओभरको सुरुवात वाइडबाट गरेका रबाडाले त्यसपछि डट बल गरे। लगत्तै बलमा फाबीयन एलेनले चौका प्रहार गरे जसपछि जित्न ४ बलमा १० रन चाहियो। रबाडाले पुनः डट बल गरे भने चौथो बलमा एलेनले २ रन लिए। २ बलमा ८ रन आवस्यक हुँदा रबाडाले पाँचौ बलमा रन दिएनन् जसपछिको अन्तिम बलमा एलेनले छक्का हिर्काएपछि १ रनको हार टार्न सकेनन्।

राम्रो सुरुवात गरेको वेस्टइन्डिजको लागि ओपनर इभिन लुइस र लेन्डल सिमोन्सले ५५ रनको ओपनिंग साझेदारी गरे। सिमोन्स २२ तथा लुइस २७ रन बनाएर आउट भएपछि लगातार विकेट गुम्न पुग्यो। तेश्रो नम्बरमा आएका जेसन होल्डर १६ रन, शिमरन हेटमायर १७ रन तथा कप्तान काईरन पोलार्ड १ रन बनाएर आउट भए। फलस्वरुप वेस्टइन्डिज १०४/५ को अवस्थामा पुग्यो।

आन्द्रे रसेल र निकोलस पुरनले छैठौं विकेटको लागि ३६ रनको साझेदारी गरे। १६ बलमा ३ छक्का मद्दतले २५ रन बनाएका रसेललाई १७ औं ओभरमा नोर्कियाले क्याच आउट गराउदै दक्षिण अफ्रीकालाई खेलमा फर्काए। १९ औं ओभरमा नोर्कियाबाट एलबिडब्लु भएका निकोलस पुरनले २७ रन बनाए। फाबियन एलेनले अविजित १५ रन बनाए।

दक्षिण अफ्रीकाको बलिंगमा एनरिक् नोर्किया ( ४-०-२९-२ ) र तब्रेज शाम्सीले ( ४-०-१३-२ ) समान २ विकेट लिंदा जर्ज लिन्डे, लुंगी एनगीडी र कागीसो रबाडाला समान १ विकेट लिए।

डीककले ७२ रन बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट क्षेतीमा १६७ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको ब्याटिंगमा ओपनर क्विन्टन डीककले सर्वाधिक ७२ रन बनाए जुन क्रममा ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। भान डर डुसेनले ३२, एडेन मारक्रमले २३ तथा रेजा हेन्ड्रिंक्सले १७ रन बनाए।

डीककले हेन्ड्रिंक्ससंग ४२ रनको ओपनिंग साझेदारी तथा चौथो विकेटको लागि भान डर डुसेनसंग ६० रनको साझेदारी गरे। डीककलाई १८ औं ओभरमा ड्वेन ब्राभोले क्याच आउट गराएका थिए। अन्तिम ३ ओभरमा दक्षिण अफ्रीकाले मात्र २१ रन बनाउदा ५ विकेट गुमाउन पुग्यो जसकारण ठूलो योगफल बनाउन चुक्न पुग्यो।

वेस्टइन्डिजको बलिंगमा ओबेद म्याकोयले सर्वाधिक ४ विकेट ( ४-०-२२-४ ) तथा ड्वेन ब्राभोले ३ विकेट ( ४-०-२५-३ ) लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज ८ विकेटले विजयी भएको थियो जसपछि दोश्रो खेल दक्षिण अफ्रीकाले १६ रनले जितेको थियो। सिरिज अन्तर्गत अचौठो खेल जुलाई १ तारिख तथा पाँचौ खेल जुलाई ३ तारिखमा खेल्ने तालिका रहेको छ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]