काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे उपकप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आइसीसीको टी-२० आई क्रिकेटको अलराउन्डरको वरियतामा खस्किएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बुधबार जारी गरेको नयाँ वरियता अनुसार दीपेन्द्रको एक स्थान तल झरेछ ।यसअघि दोस्रो स्थानमा रहेका दीपेन्द्र तेस्रो स्थानमा पुगेका हुन् ।
दिपेन्द्र २०९ रेटिंगका साथ तेस्रो स्थानमा रहेका छन् । टी-२० क्रिकेटको अलराउन्डर वरियताको शीर्ष स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् भने दोस्रो स्थानमा एक स्थानको सुधार गर्दै अफगानिस्तानका मोहमद नाबी दोस्रो स्थानमा उक्लिएका छन् ।
त्यस्तै चौथो स्थानमा वेस्ट इन्डिजका रोस्टन चेज रहेका छन् । त्यस्तै नेपालका कुशल भुर्तेल अलराउन्डरको सूचीमा ३४औं स्थानमा छन् ।
