अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो ।

लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

श्रीलंकाले दिएका् ९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा ओपनर बेथ मुन्नीले ३८ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४३ रन जोडिन् । एल्सी पेरीले १५ बलमा १७ तथा एश्ले गार्डनरले १५ बलमा १२ रन बनाईन् ।

श्रीलंकाका लागि उडेसिका प्रवोधनी, इनोका रनविरा र सुगन्धिका कुमारीले समान १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि निलशिखा शर्माले ४० बलमा नट आउट २९, हर्षिता समराविक्रमाले ३५ बलमा २३ तथा अनुष्का सन्जिवनीले १५ बलमा १६ रन जोडेकी थिइन् ।

अस्ट्रेलियाका लागि मेगना स्कुटले ३ तथा सोफी मोलिनक्सले २ विकेट लिईन् ।

पहिलो खेलमा जितबाट सुरुवात गरेको अस्ट्रेलिया समूह ए को दोस्रो स्थानमा छ । लगातार दुई हार सहित श्रीलंका अंकबिहिन रहेको छ ।

शनिवारै भएको दोस्रो खेलमा बंगलादेशमाथि इंग्ल्यान्डले जित दर्ता गरेको छ । आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको इङ्ग्ल्यान्डले बंगलादेशमाथि २१ रनको जित निकाल्यो ।

इंग्ल्यान्डले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो ।

बंगलादेशका लागि सोभाना मस्टोरीले ४८ बलमा ४४ तथा कप्तान निगर सुल्तानले २० बलमा १५ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन पनि सकेनन् ।

इंग्ल्यान्डका लागि लिन्से स्मिथ र चार्ली डीनले समान २ तथा सराह ग्लेनले १ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इग्ल्यान्डका २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन मात्र बनायो ।

इंग्ल्यान्ड लागि डन्नी व्याटहोजले ४० बलमा सर्वाधिक ४१, माईया बाउचियले १८ बलमा २३ तथा अमाइ जोन्सले १६ बलमा १२ रन जोडिन् ।

बंगलादेशका लागि नहिदा अक्तर, फहिमा खातुन र रितु मोनीले समान २ तथा रिब्या खानले १ विकेट लिईन् ।

पहिलो खेलमा नै जित हासिल गरेको इंग्ल्यान्ड समूह बी को शीर्ष स्थानमा छ ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]