अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

२०८१ आश्विन २०, आईतवार १०:१६

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो ।

लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

श्रीलंकाले दिएका् ९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा ओपनर बेथ मुन्नीले ३८ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४३ रन जोडिन् । एल्सी पेरीले १५ बलमा १७ तथा एश्ले गार्डनरले १५ बलमा १२ रन बनाईन् ।

श्रीलंकाका लागि उडेसिका प्रवोधनी, इनोका रनविरा र सुगन्धिका कुमारीले समान १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि निलशिखा शर्माले ४० बलमा नट आउट २९, हर्षिता समराविक्रमाले ३५ बलमा २३ तथा अनुष्का सन्जिवनीले १५ बलमा १६ रन जोडेकी थिइन् ।

अस्ट्रेलियाका लागि मेगना स्कुटले ३ तथा सोफी मोलिनक्सले २ विकेट लिईन् ।

पहिलो खेलमा जितबाट सुरुवात गरेको अस्ट्रेलिया समूह ए को दोस्रो स्थानमा छ । लगातार दुई हार सहित श्रीलंका अंकबिहिन रहेको छ ।

शनिवारै भएको दोस्रो खेलमा बंगलादेशमाथि इंग्ल्यान्डले जित दर्ता गरेको छ । आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको इङ्ग्ल्यान्डले बंगलादेशमाथि २१ रनको जित निकाल्यो ।

इंग्ल्यान्डले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो ।

बंगलादेशका लागि सोभाना मस्टोरीले ४८ बलमा ४४ तथा कप्तान निगर सुल्तानले २० बलमा १५ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन पनि सकेनन् ।

इंग्ल्यान्डका लागि लिन्से स्मिथ र चार्ली डीनले समान २ तथा सराह ग्लेनले १ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इग्ल्यान्डका २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन मात्र बनायो ।

इंग्ल्यान्ड लागि डन्नी व्याटहोजले ४० बलमा सर्वाधिक ४१, माईया बाउचियले १८ बलमा २३ तथा अमाइ जोन्सले १६ बलमा १२ रन जोडिन् ।

बंगलादेशका लागि नहिदा अक्तर, फहिमा खातुन र रितु मोनीले समान २ तथा रिब्या खानले १ विकेट लिईन् ।

पहिलो खेलमा नै जित हासिल गरेको इंग्ल्यान्ड समूह बी को शीर्ष स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy