ट्यालेन्ट हन्टबाट १० जनालाई छात्रवृति र क्रिकेट किट

  • विकेटनेपाल, माघ २३ – मंगलबार

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा नेपालमै पहिलो पटक आयोजना भएको क्रिकेट कार्निभलमा आयोजित ट्यालेन्ट हन्टबाट उत्कृस्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई छात्रवृति प्रदान गरिएको छ।

काठमाण्डौमा आज आयोजित कार्यक्रमका बीच माघ ५ र ६ गते आयोजित मेलाको ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत सहभागी करिब ५०० खेलाडीहरुबाट उत्कृस्ट प्रदर्शन गर्ने १० खेलाडीहरुलाई छात्रवृति प्रदान गरिएको हो।

शुशील कोईराला मेमोरियल फाउन्डेसनको समेत सहयोग रहेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट १० खेलाडीहरुलाई क्रिकेट सामग्री तथा १ वर्षको लागि निशुल्क प्रशिक्षणको ब्याबस्था गरिएको छ भने थप ३ जना खेलाडीहरुलाई १ वर्षको लागि निशुल्क प्रशिक्षणको ब्यबस्था गरिएको छ ।

निशुल्क प्रशिक्षण र खेल सामग्री पाउनेमा कमल खत्री, अमृत थापा, दिनेश बुढामगर, कृस्मा गुरुङ, अशोक पौडेल, खुशी ढंगोल, अफगाल अलि, अनुरोध पन्त, राम सुरत यादव र रौनक पराजुली रहेका छन् भने १ वर्षको निशुल्क प्रशिक्षण पाउनेमा अजय देव, रुपेन्द्र श्रेष्ठ, प्रतिका दाहाल रहेका छन् ।

 

सम्बन्धित:

पारसलाई मदन भण्डारी सम्मान, फोटोमा के-के भो क्रिकेट महोत्सवको पहिलो दिन

नेपालमा पहिलो पटक हुन लागेको ‘क्रिकेट मेला’ को तयारि पुरा





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]