IPL 2020 : अरेन्ज क्याप जित्न सक्ने ११ खेलाडी

इन्डियन प्रिमियर लिग (आईपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ बाट युनाइटेड अरब एमिरेट्स (युएई) मा सुरु हुँदैछ। कोरोना भाइरसको महामारीको कारण पूर्वनिर्धारित तालिका भन्दा ६ महिनापछि हुन लागिएको लिगमा विश्व क्रिकेटका एकसेएक उत्कृस्ट खेलाडीहरुले प्रतिस्पर्धा गर्नेगर्छन्। आईपिएलको एकै सिजनमा सर्वाधिक रन बनाउने खेलाडीलाई अरेन्ज क्याप दिने गरिन्छ। आईपीएल उपाधि पछि लिगमा ब्याट्सम्यानहरु बीच अरेन्ज क्यापको लागि पनि प्रतिस्पर्धा हुने गर्छ तर एकजनाले मात्र क्याप जित्ने गर्छन। लिगको १२ सिजनमा हालसम ९ जना ब्याट्सम्यानले अरेन्ज क्याप जित्न सकेका छन् जसमध्ये सर्वाधिक ३ पटक डेभिड वार्नर र २ पटक क्रिस गेलले उक्त उपलब्धि हाँसिल गरेका छन्। लिगको १३ औं सिजनमा अरेन्ज क्याप जित्न सक्ने १० खेलाडीको सूची यहाँ प्रस्तुत गरिएको छ –

१.डेभिड वार्नर (सनराइजर्स हैदराबाद)

गत सिजन १२ खेलमा ६९२ रन बनाउदै ओरेन्ज क्याप जितेका वार्नर यो पटक पनि सोहि लय दोहोर्याउन चाहनेछन्। वार्नर आईपिएल इतिहासमै तीन पटक ओरेन्ज क्याल जित्ने एकमात्र खेलाडी हुन् जसले २०१५, २०१७ र २०१९ मा अरेन्ज क्याप जितेका थिए। अष्ट्रेलियाका विस्फोटक ओपनिङ ब्याट्सम्यान वार्नरले सनराइजर्स हैदराबादको कप्तानी सम्हाल्नेछन् जो लिगमा शानदार लयलाई जारि राख्दै उपाधी दिलाउने सोचमा हुनेछन्। छोटो फर्म्याटमा उनको आक्रामक शैली र युएईको स्लो पिचमा खेल्न उत्तिकै सक्षम रहेका कारण उनले यो सिजन पनि अरेन्ज क्याप जित्ने प्रबल सम्भावना रहेको छ।

वार्नर आईपीएल तिन पटक अरेन्ज क्याप जित्ने एक मात्र खेलाडी हुन्

२. बिराट कोहली (रोयल च्यालेन्जर्स बैंगलोर)

भारतीय टिमका कप्तान कोहली विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीहरुमध्यका एक हुन् जसले लिगमा बैंगलोरको नेतृत्व गर्नेछन्। आईपिएल इतिहासकै सर्वाधिक रनकर्ता कोहली जस्तोसुकै परिस्थितिमा पनि रन बनाउन सक्षम छन्। आईपिएलमा व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहेता पनि उनले बैंगलोरलाई उपाधी भने जिताउन सकेका छैनन् त्यसैले यो सिजन उत्कृस्ट योगदान दिंदै पहिलो पटक टोलिलाई आईपिएल उपाधी जिताउने सोचमा रहनेछन्। कोहलीले पछिलो पटक २०१६ मा ९७३ रन बनाउदै अरेन्ज क्याप जितेका थिए। पाँच महिना पछि मैदानमा उत्रिएका बिराट रन बनाउन भोकाएका छन्। दबाबमा ब्याटिंग गर्नसक्ने खुबी, प्रदर्शनमा निरन्तरता र सकारात्मक खेल शैलीका कारण उनले ओरेन्ज क्याप जित्ने सम्भावना उच्च रहेकोछ।

३. आरोन फिन्च (रोयल च्यालेन्जर्स बैंगलोर)

अष्ट्रेलियाका वर्तमान कप्तान फिन्च यो सिजन बैंगलोरमा आबद्ध भएका हुन्। फिन्च पनि यो सिजन अरेन्ज क्याप जित्ने सम्भावना बोकेका खेलाडी हुन् जो पछिल्लो समय लगातार रन बनाइरहेका छन्। ओपनिङ ब्याटिंग गर्ने फिन्च ठूला शट खेल्दै र लामो पारि खेल्न सक्षम छन्। २०१० देखि लिग खेल्दै आएका फिन्चसंग लामो अनुभव पनि रहेको छ। टि-२० अन्तर्राष्ट्रिय करियरमा ६३ खेलमा २ शतक र १२ अर्धशतक मद्दतले ३८.४२ को औशत र १५४.७३ को शानदार औशतले फिन्च ब्याटिंग गरिरहेका छन्। आरसिबीको ब्याटिंग अर्डरमा कोहली, डी भिलियर्स जस्ता ठूला खेलाडीहरु सामेल हुँदा उनमा इनिंग सुरुवात गर्न दबाब कम हुनेछ।

४. केएल राहुल (किङ्ग्स-११ पन्जाब)

गत सिजन राहुल अरेन्ज क्याप जित्नबाट चुकेका राहुलले ५९३ रन बनाएका थिए जसलाई पछि पार्दै ६९२ रन बनाएका डेभिड वार्नरले रेन्ज क्याप जितेका थिए। राहुल भारतिय टिमको लागि शानदार प्रदर्शन गर्दै आएका छन् जसकारण उनलाई टिमले कप्तानीको जिम्मेवारी दिएको छ जसकारण आक्रमक ब्याटिंग गर्ने राहुल पछिल्लो समय चर्चामा छन्। विकेटकिपर ब्याट्सम्यानलाई भारतिय टिममा धोनीको स्थानमासमेत  हेरिने गरिन्छ। राहुल जुन स्थानमा पनि खेल्न सक्छन् र प्रमाणित पनि गरेका छन्। कोरोना महामारी अगाडि शानदार लयमा रहेका राहुललाई ओरेन्ज क्याप जित्ने उच्च सम्भावना भएका खेलाडी मानिएको छ।

५. श्रेयस ऐयर (देल्ली क्यापिटल्स)

लिगमा दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गर्ने ऐयरले टिमलाई गत सिजन प्लेअफसम्म पुर्याएका थिए। उनले भारतिय टिमले लामो समयबाट खोजेको ४ नम्बरमा ब्याटिंग गर्ने खेलाडीको रुपमा आफूलाई उभ्याएका छन्। गत सिजन उनले शानदार प्रदर्शन गर्दै १६ खेलमा ४६३ रन बनाएका थिए जसको मद्धतमा दिल्लीले प्ले अफ यात्रा तय गरेको थियो। सोहि लय निरन्तरता दिंदै ऐयर यो पटक अरेन्ज क्याप जित्ने दौडमा हुनेछन्।

कोहली दोश्रो पटक अरेन्ज क्याप जित्दै टिमलाई पहिलो आईपीएल उपाधि दिलाउन चाहनेछन्

६. जोस बटलर (राजस्थान रोयल्स)

इङ्ग्ल्यान्डका आक्रामक ब्याट्सम्यान बटलर हाल शानदार लयमा छन्। पछिल्लो समय उत्कृस्ट लयमा रहेका बटल निरन्तर क्रिकेट खेलीरहेको हुँदा उनलाई लय पाउन सहज हुनेछ। आईपिएल करिअरमा १५०.८ को स्ट्राइक रेटमा ३५.५ औसतमा उनले १,३८५ रन बनाइसकेका छन्। आक्रमक शैली र लयको कारण उनले अरेन्ज क्याप जित्ने सम्भावना प्रवल रहेको छ।

७. केन विलियमसन (सनराइजर्स हैदराबाद)

न्युजिल्यान्ड कप्तान विलियमसन विश्व क्रिकेटकै उत्कृष्टमध्येका खेलाडी हुन्। २०१८ को सिजन ७३५ रन बनाएर अरेन्ज क्याप जितेका उनि शान्त स्वभाव र शैलीको कारण उनि बिपक्षीको लागि टाउको दुखाई बन्ने गर्छन्। स्पिन राम्रो खेल्न सक्ने उनलाई युएईको पिचमा ब्याटिंग गर्न मुस्किल हुनेछैन् त्यसैले अरेन्ज क्यापको लागि उनि अर्का दाबेदार हुन्।

८. शेन वाट्सन (चेन्नाई सुपर किङ्ग्स)

चेन्नाईका अनुभवी ओपनर वाट्सनले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन्। दबाबमा खेल्न सक्ने खेलाडी वाटसनले यसै वर्ष पाकिस्तान सुपर लिगमा राम्रो ब्याटिंग गरेका थिए। आक्रमक ब्याट्सम्यानले गत सिजन १७ खेलमा ३९८ रन बनाएका थिए। टिमको प्रमुख ब्याट्सम्यान सुरेश रैना नखेल्दा उनको काँधमा जिम्मेवारी बढेको छ। ३९ वर्षीय दायाँ हाते ब्याट्सम्यानले आईपीएलमा १३४ खेल खेलीसकेका छन् जुन क्रममा ४ शतक प्रहार गर्दै ३१ को औशत र १३९.५४ को स्ट्राइक रेटमा ३,५७५ रन बनाइसकेका छन्।

९. क्विन्टन डिकक (मुम्बई इन्डियन्स)

दक्षिण अफ्रिकाका नवनियुक्त कप्तान डिकक राम्रो लयमा छन्। उनी गत वर्ष दक्षिण अफ्रिकाको उत्कृष्ट खेलाडी चुनिएका थिए। आईपीएलमा ५० खेल खेलीसकेका डीककले ५० खेलमा १० अर्धशतक र १ शतक बनाउदै १,४५६ रन बनाइसकेका छन् जुन क्रममा ३० को औशत र १३१.२९ को स्ट्राइक रेटमा रन बनाएका छन्। गत सिजन धेरै रन बनाउने सूचीमा ५२९ रन सहित तेश्रो स्थानमा रहेका डिकक सोहि लयलाई निरन्तरता दिंदै यो पटक अरेन्ज क्याप जित्ने प्रयासमा हुनेछन्।

धोनी यो सिजन माथिल्लो क्रममा ब्याटिंग गर्न सक्नेछन्

१०. महेन्द्र सिंह धोनी ( चेन्नाई सुपर किंग्स ) 

आईपीएल इतिहासकै सातौँ सर्वाधिक रन बनाउने ब्याट्सम्यान धोनीले हालसम्म अरेन्ज क्याप जित्न सकेका छैनन्। धोनीले १९० खेलमा ४२.२० को औशत र १३७.८५ को स्ट्राइक रेटले ४,४३२ रन बनाएका छन्। ५-६ नम्बरमा ब्याटिंग गर्ने हुँदा उनि रन बनाउने सूचीमा उच्च स्थानमा हुने गर्दैनन्। तर यो पटक धोनीले ब्याटिंग क्रम परिवर्तन गर्दै ३-४ नम्बरमा ब्याटिंग गर्ने सम्भवा प्रवल मानिएको छ। मध्यम ओभरमा ब्याटिंग गर्दा धोनीको रेकर्ड पनि निकै राम्रो रहेको छ। यदी माथिल्लो क्रममा ब्याटिंग गर्ने हो भने क्रिजमा उनले लामो समय बिताउनेछन् र लामो इनिंग पनि खेल्न सक्नेछन्। गत सिजन १५ खेलको १२ इनिंगमा ब्याटिंग गर्दै ८३.२० को औशतले ४१६ रन बनाएका धोनी यो पटक अरेन्ज क्यापको दौडमा हुनेछन्।

११. रोहित शर्मा  ( मुम्बई इन्डीएन्स ) 

आईपीएल इतिहासकै तेश्रो सर्वाधिक रनकर्ता रोहितले १८८ खेलमा ४,८९८ रन बनाएका छन् जुन क्रममा १ शतक र ३६ अर्धशतक बनाएका छन्। गत सिजन १५ खेलमा ४०५ रन बनाएका शर्मा आक्रामक ब्याटिंग तथा लामो इनिंग खेल्न सक्षम छन्। ओपनिंग ब्याट्सम्यान शर्मासंग २००८ देखि लगातार आईपीएल खेलेको अनुभव रहेको छ। यसै वर्ष सुरुवातमा न्युजिल्यान्ड बिरुद्ध २ वटा टि-२० मा क्रमशः ६५ र अविजित ६० रन बनाएका रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार रन बनाइरहेका छन्। ३४ वर्षीय ब्याट्सम्यानले अहिलेसम्म अरेन्ज क्याप जित्न सकेका छैनन् त्यसैले यो पटक लगातार आईपीएल उपाधि संगै अरेन्ज अरेन्ज क्याप पनि जित्ने उनको लक्ष्य हुनेछ।

यो बाहेक गत सिजन लिगमा राम्रो ब्याटिंग गरेका शिखर धवन, आन्द्रे रसेल, रिशभ पन्त, जोनी बेयरस्टो, एबि डी भिल्लीयर्स जस्ता ब्याट्सम्यानहरु पनि अरेन्ज क्यापको दौडमा हुनेछन्।

यो पनि पढ्नुस :-

IPL : आईपिएलको १२ सिजनमा ‘अरेन्ज क्याप’ जित्ने ९ खेलाडी

CPL : सेमीफाइनलमा जमैकाले ट्रिनबागोको सामना गर्दै ( सम्पूर्ण जानकारी )

IPL : स्टोक्सले आईपीएलको सुरुवाती खेल गुमाउन सक्ने

आईपीएलको खेलतालिका सार्वजनिक

२४ वर्ष अघि आजकै दिन नेपाली क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो

IPL : आईपीएलबाट नाम फिर्ता लिएका ७ खेलाडीहरु र सट्टामा खेल्ने खेलाडीहरु

IPL : स्टेनको नाममा छ आईपीएलमा सबैभन्दा तिब्र गतिको बलिंगको रेकर्ड, जान्नुस कति थियो गति

नेपाली टिमको मुख्य प्रशिक्षक सहित १० पदको लागि क्यानद्वारा आवेदन माग

लंका प्रिमियर लिगको मिति घोषणा





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]