T20WC : न्युजिल्यान्डसंग खेल अघि कोहलीले दिए १० प्रश्नको जवाफ

युएईमा जारी टि-२० विश्वकप अन्तर्गत २८ औं खेलमा भारत र न्युजिल्यान्ड सोमबार प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७:४५ बजे खेल सुरु हुनेछ। पाकिस्तानसंग दुवै टिम आफ्नो पहिलो खेलमा पराजित भएका थिए जसपछि दुवै टिम पहिलो जितको प्रतीक्षामा छ। खेल अघि पत्रकारसंग भर्चुवल प्रेस कन्फरेन्समा कुराकानी गर्दै भारतीय कप्तान बिराट कोहलीले टिम समीकरण, हार्दिक पान्ड्याको फिट्नेस तथा सोसल मिडियामा मोहम्मद शामीबारे गरिएको गलत कमेन्टबारे प्रतिक्रिया दिएका छन्।

१. मोहम्मद शामीलाई सोसल मिडियामा भएको आक्रमण बारे के भन्नुहुन्छ ? हामि मैदानमा खेल्छौ, सोसल मिडियाका डरपोक मान्छेहरुसंग हैन। हाम्रो टिम मानसिक रुपमा बलियो छ। त्यसो कमेन्ट गर्ने मानिसहरु कायर हुन्। एउटा टिमको रुपमा हामि सधैं अघि बढ्ने कुरामा ध्यान दिने गर्छौं र बाहिरि कुराले हामीलाई प्रभाव पार्दैन। हामि हरेक खेलबाट सिकेर अघि बढ्ने गर्छौं।

२. हार्दिक पान्ड्याको फिट्नेस बारे के भन्नु हुन्छ ? हार्दिक पूर्णतः फिट छन्।

३. शार्दुल ठाकुर खेल्न सक्छन् ? शार्दुल हाम्रो योजनामा छन्। उनि टिमलाई धेरै योगदान दिन सक्छन्। शार्दुल क्षमतावान् छन्। हामि टिमको बारेमा धेरै कुरा भन्न सक्दैनौं।

४. भुवनेश्वर कुमारको प्रदर्शन बारे के भन्नुहुन्छ ? म कुनै एकलाई दोष दिन चाहन्न। बलिंग समुहको रुपमा हामि फेल भएका हौँ। हामि विश्लेषण गर्छौं र आफ्नो गल्ति सधैं स्वीकार गर्छौं।”

५. ट्रेन्ट बोल्टले शाहिन बारे जे भने त्यसमा तपाईको भनाई के छ ? यो प्रतियोगितामा उत्कृस्ट बलरहरु छन्। हामि उनलाई चिन्छौं र उनिसंग लामो समय देखि खेल्दै आएका छौँ। हामीलाई थाहा छ कि हामीले के गर्नु पर्छ। हामि आत्मविश्वासले भरिपूर्ण छौँ।

६. न्युजिल्यान्ड बिरुद्ध टस महत्वपूर्ण हुनेछ ? हो, यसले ठूलो भूमिका खेल्नेछ। तर तपाई हरेक चुनौतीको लागि तयार हुनुपर्छ। हाम्रो ध्यान मात्र अन्तिम-११ को टिममा छन्। उनीहरुले कस्तो प्रदर्शन गर्नेछन्। हामीले लामो विश्राम पाएका छौँ र मात्र अगाडी राम्रो गर्न चाहन्छौँ।

७. जस्प्रित बुम्राहमा टिम धेरै निर्भर भएको हो ? जस्प्रित बुम्राह तिनवटै फर्म्याटमा सबैभन्दा उत्कृस्ट छन् त्यसैले उनिबाट आशा पनि रहन्छ। यस्तो हुँदाहुँदै सबै बलरहरुबाट उत्कृस्ट प्रदर्शनको आशा रहन्छ।

८. मोहम्मद शामीलाई तपाईले कसरि सम्हाल्नुभयो ? मेरो लागि कोहि मानिसको धर्ममा आक्रमण गर्नु सबैभन्दा निकृष्ट कुरा हो। म यसलाई गलत मान्छु। धर्म हरेक मानिसको निजि कुरा हो। शामी बारे जसले पनि यस्तो भनिरहेको छ उसलाई शामी बारे थाहा छैन। हाम्रो टिम शामीको साथ छ।

९. फ्यानहरुको समर्थन बारे के भन्नुहुन्छ ?  विश्वकपमा तपाई हरेक खेल जित्नेमा ध्यान दिनुहुन्छ। हामि कुनै टिमलाई कमजोर मान्दैनौ। मानिसहरु बाहिर के भन्छन् र बोल्दैनन्मा हाम्रो ध्यान हुँदैन। जो पनि हाम्रो फ्यान छन् र हामीलाई बुझ्ने गर्छन् उनीहरुलाई धन्यवाद। बाहिरको मानिसहरु जसरि सोच्ने हो भने टिम राम्रो हुँदैन। कसैलाई प्रमाणित गर्ने जरुरत हामीलाई छैन।

१०. छैठौं बलरको लागि योजना हुनु पर्दैन ? हजुर, यो निकै जरुरि छ। मेरो तर्फबाट होस् या हार्दिकको तर्फबाट। पछिल्लो खेलमा यदी हामीले पहिलो बलिंग गरेको भए म पनि बलिंग गर्न सक्थें। पछिल्लो खेलमा हाम्रो टिमको योजना पूर्णतः फेल भएको थियो। यसको लागि विपक्षी टिमलाई म श्रेय दिन चाहन्छु।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]