बिलिंग्सको शतक बाबजुद इंग्ल्यान्ड पराजित, अस्ट्रेलियालाई अग्रता

पहिलो वानडेमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले तिन वानडेको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टरमा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको २९५ रन लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २७५ रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्डको लागि छैठौं नम्बरका ब्याट्सम्यान स्याम बिलिंग्सले १९ औं खेल खेल्ने क्रममा करियरकै पहिलो शतक बनाए जुन क्रममा ११० बलमा १४ चौका र २ छक्का मद्दतले ११८ रन बनाए। ओपनर जोनी बेयरस्टोले १०७ बलमा ४ चौका र ४ छक्का मद्दतले ८४ रन बनाए। कप्तान ओएन ओर्गनले २३ र क्रिस वोक्सले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बिलिंग्सले करियरकै पहिलो शतक बनाए

अत्यन्त कमजोर सुरुवात गरेको घरेलु टिमले पहिलो ४ विकेट ५७ रनको योगफलमै गुमाएको थियो। जोश हेजलवुडले जेसन रोय ( ३ रन ) , जो रुट ( १ रन ) लाई तथा एडम जाम्पाले मोर्गन ( २३ ) र बटलरलाई ( १ रन ) छिट्टै पेभेलियनको दिशा देखाएका थिए।

पाँचौ विकेटको लागि बेयरस्टोले स्याम बिलिंग्ससंग ११३ रनको साझेदारी गर्दै टिमको संकट टारे। बेयरस्टोलाई ३५ औं ओभरमा जाम्पाले आउट गरे। त्यसपछि बिलिंग्सले एक किनार सम्हालीरहेता पनि अर्को किनारमा निरन्तर विकेट जाने क्रममा रोकिएन र आवस्यक रन गति पनि बढ्दै गयो। मोइन अलि ६, क्रिस वोक्स १० तथा आदील रशिद ५ रन बनाएर आउट भए।

४५ औं ओभरमा २३४/८ को अवस्थाबाट बिलिंग्सले नवौं विकेटको लागि जोफ्रा आर्चरसंग ४१ रनको साझेदारी गर्दै जित दिलाउने प्रयास गरे। तर प्याट कमिन्स, मिचेल स्टार्कले किफायती बलिंग गर्दा इंग्ल्यान्डले आवस्यक रन गति हाँसिल गर्न सकेन। इनिंगको अन्ति बलमा बिलिंग्सलाई मिचेल मार्शले क्याच आउट गरे। आर्चर ८ रनमा अविजित रहे।

इंग्ल्यान्डको बलिंगमा लेग स्पिनर जाम्पाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ५५ रन खर्चिए। खेलको प्लेयर अफ भने हेजलवुड चुनिए जसले ३ विकेट लिने क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र २६ रन खर्चिए। प्याट कमिन्सले १ विकेट लिन ७४ रन तथा मिचेल मार्शले २९ रन खर्चेर १ विकेट लिए।

३ विकेट लिएका जोश हेजलवुडप्लेयर अफ द म्याच चुनिए

अस्ट्रेलियाको ब्याटिंग , म्याक्सवेल र मार्शको उत्कृस्ट साझेदारी 

यस अघि टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २९४ रन बनाएको थियो।

भ्रमण टोलिको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रन बनाए जुन क्रममा ५९ बलमा समान ४/४ चौका र छक्का प्रहार गरे। यस्तै मिचेल मार्शले ११० बलमा ६ चौका मद्दतले ७३ रन बनाए। मार्कस स्टोइनिसले ३४ बलमा ४३ रन बनाउदा मार्नस लाबुसेनले २१, आरोन फिन्चले १६, एलेक्स केरे १० तथा डेभिड वार्नरले ६ रनमा आउट भए। अविजित रहेका मिचेल स्टार्कले १२ बलमा १ चौका र छक्का प्रहार गर्दै १९ रन बनाए।

सुरुवात देखि निरन्तर विकेट गुमाएको भ्रमण टिम २४ औं ओभरमा १२३/५ को अवस्थामा पुगेको थियो। त्यसपछि छैठौं विकेटको लागि मार्श र म्याक्सवेलले १२६ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उकासेका थिए। म्याक्सवेललाई ४४ औं ओभरमा जोफ्रा आर्चरले बोल्ड गर्दै साझेदारी तोडेका थिए।

सातौँ नम्बरमा ब्याटिंग गर्दै म्याक्सवेलले ५९ बलमा ७७ रन बनाए

इंग्ल्यान्डको बलिंगमा फास्ट बलरद्वय जोफ्रा आर्चर र मार्क वुडले समान ३/३ विकेट लिए। आर्चरले १० ओभरमा ५७ रन खर्चिए जुन क्रममा वार्नर र म्याक्सवेलको महत्वपूर्ण विकेट हात पारे। यस्तै वुडले कप्तान फिन्च, स्टोइनिस र मार्शको विकेट लिए। लेग स्पिनर आदील राशिदले ५५ रन खर्चेर २ विकेट लिए।

अस्ट्रेलियन टिम स्टिभ स्मिथ बिना मैदान उत्रिएको थियो। उनको बिहिबार अभ्यासको क्रममा टाउकोमा चोट लागेपछि जांच भइरहेको छ। उनि दोश्रो वानडे पनि खेल्न सक्ने नसक्नेमा शंकाकै स्थिति रहेको छ। अस्ट्रेलियाको इंग्ल्यान्ड भ्रमण अन्तर्गत यस अघि सम्पन्न टि-२० सिरिजमा इंग्ल्यान्ड २-१ ले विजयी भएको थियो। सिरिज अन्तर्गत दोश्रो खेल सेप्टेम्बर १३ तथा तेश्रो खेल सेप्टेम्बर १६ मा खेलिनेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/deepak-chahar-practice-wn20/

https://wicketnepal.com/smith-out-1st-odi-wn20/

https://wicketnepal.com/ipl-t20-mumbai-team-prev-wn20/

https://wicketnepal.com/cricket-south-africa-suspended-wn20/

https://wicketnepal.com/talab-rashtriy-kheladi-wn20/





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]