प्रधानमन्त्री कपको प्रत्यक्ष प्रशारण दोश्रो दिन पनि हुन सकेन, कारण यस्तो

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सुरु भएताको दोश्रो दिन भएता पनि खेलहरुको प्रत्यक्ष प्रशारण दर्शकहरुले हेर्न पाएका छैनन्।

यस अघि क्यानले प्रत्यक्ष प्रशारण गर्न कान्तिपुर टेलिभिजनसंग सम्झौता गरेको बताएको थियो। तर दोश्रो दिन चल्दै गर्दा पनि खेलहरुको प्रत्यक्ष प्रशारण भने भएको छैन। क्यानको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता प्रत्यक्ष प्रशारण नहुँदा दर्शकहरु निराश बनेका छन्।

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विकेटनेपाललाई जानकारी गराए अनुसार अब कान्तिपुरले खेलको प्रत्यक्ष प्रशारण गर्ने छैन। निर्वाचन र चाडपर्वका कारण प्रत्यक्ष प्रशारण गर्ने जनशक्ति र क्यामरा लगायत साधनहरुको कमिको कारण प्रत्यक्ष प्रशारण गर्न नसकिएको मल्लले बताएका छन्। निर्वाचनको कारण टेलिभिजनहरुलाई प्रत्यक्ष प्रशारण गर्न कठिनाइ भएको उनले बताए।

क्यानले अन्य टेलिभिजनहरुसंग प्रत्यक्ष प्रशारणको टुंगो आजै लगाउने प्रयास भइरहेको मल्लले जानकारी गराए।

“अन्य टेलिभिजनहरुसंग प्रयास भइरहेको छ जसको टुंगो हामि आज लगाउनेछौ। सकभर तेश्रो दिनबाट दर्शकहरुले टेलिभिजन र युट्युब मार्फत खेलहरु हेर्न पाउनेछन्।” उनले बताए।

दोश्रो दिन पनि खेलहरु प्रत्यक्ष प्रशारण नहुँदा दर्शकहरुले क्यानको फेसबुक पेज र सामाजिक संजालमा निराशा प्रकट गरेका छन्।

यस अघि प्रधानमन्त्री कप लगायत घरेलु प्रतियोगिताहरुले प्रत्यक्ष प्रशारण डीश मिडियाको च्यानल एक्सन स्पोर्ट्सले गर्दै आएको थियो। एक्सन स्पोर्ट्स पछिल्लो समय सक्रिय छैन र च्यानलले क्यानसंगको सम्झौता पनि नवीकरण गरेको छैन।

कार्तिक १३ गते सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता कार्तिक २६ गते सम्म चल्नेछ। प्रतियोगितामा तिन विभागीय टोलि र सात प्रदेश गरि दश टिमको सहभागिता छ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]