स्वेपसनले धारिलो बलिंग गर्दा बंगलादेश १०४ रनमै सिमित

अस्ट्रेलियाको बंगलादेश भ्रमण अन्तर्गत पाँच खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत चौथो खेल जित्न बंगलादेशले अस्ट्रेलियालाई १०५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। शेरे बांग्ला स्टेडियम, ढाकामा टस जितेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटक्षेतीमा १०४ रन मात्र बनाउन सक्यो।

बंगलादेशको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक २८ रन, मेहदी हसनले २३ रन, अफिफ होसेनले २१ रन तथा शाकिब अल हसनले १५ रन योगदान दिए। सौम्य सरकारले ८ रन बनाए भने कप्तान महमुदुल्लाह र नुरुल हसनले खाता खोल्न सकेनन्। ८३ रनमा ७ विकेट गुमाएको अवस्थामा आठौँ नम्बरमा ब्याटिंग गरेका मेहदी हसनले नसुम एहमदसंग २१ रनको साझेदारी गर्दै योगफल १ सय पार गराएका थिए। ओपनर मोहमम्द नैमले पहिलो विकेटको लागि सौम्य सरकार र दोश्रो विकेटको लागि शाकिब अल हसनसंग समान २४ रनको साझेदारी गरेका थिए। त्यस बाहेक खेलमा अर्को ठूलो साझेदारी हुन सकेन।

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर मिचेल स्वेपसनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १३ रन खर्चिए। बंगलादेशले ५१ रनमा २ विकेट गुमाएको अवस्थामा लेग स्पिनर मिचेल स्वेपसनले एकै ओभरमा कप्तान महमुदुल्लाह र नुरुल हसन दुवैलाई खाता नखोली आउट गर्दै अस्ट्रेलियालाई हावी गरेका थिए। स्वेपसनले मोहम्मद नैमको महत्वपूर्ण विकेट समेत लिए। जोश हेजलवुड ( ४-०-२४-२ ) र एन्ड्रयु टाईले ( ३-०-१८-२ ) ले समान २ विकेट तथा एस्टन एगर ( ४-०-२२-१ ) ले १ विकेट लिए।

सिरिजको यस अघिको तिन वटै खेल क्रमशः २३ रन, ५ विकेट र १० रनले जित्दै बंगलादेशले सिरिज ३-० ले जितीसकेको छ। बंगलादेशले इतिहासमै पहिलो पटक कुनै पनि फर्म्याटको क्रिकेटमा अस्ट्रेलियालाई सिरिजमा पराजित गरेको हो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]