आयान र बिलालको कीर्तिमानी दशौँ विकेटको साझेदारी

युएई ब्याट्सम्यान आयान अफ्जल खान र हजरत बिलालले नेपाल विरुद्ध दशौँ विकेटको लागि कीर्तिमानी साझेदारी गरेका छन्।

युएईको नेपाल भ्रमण अन्तर्गत तेश्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा खराब सुरुवात गरेको युएईले ९३ रन बनाउदा ९ विकेट गुमाएको थियो। त्यो अवस्थामा आठौँ नम्बरमा ब्याटिंग आयानले एघारौँ नम्बरका बिलालसंग अविजित ८३ रनको साझेदारी गरे। आयानले अविजित ५४ तथा बिलालले अविजित २० रन बनाए।

यो साझेदारी दशौँ विकेटको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै चौंथो सर्वाधिक साझेदारी हो।

आयान अफजल खानले अविजित अर्धशतक बनाए

दशौँ विकेटको लागि सर्वाधिक साझेदारीको रेकर्ड वेस्टइन्डिजका भिभ रिचर्ड्स र माइकल होल्डिंगको नाममा छ जसले सन् १९८४ मा इंग्ल्यान्ड बिरुद्ध अविजित १०६ रनको साझेदारी गरेका थिए। दोश्रो धेरै पाकिस्तानका मोहम्मद आमिर र सईद अज्मलले सन् २००९ मा न्युजिल्यान्ड बिरुद्ध १०३ रनको तथा तेश्रो धेरै वेस्टइन्डिजका रभी रामपौल र कमार रोचले सन् २०११ मा भारत बिरुद्ध अविजित ९९ रनको साझेदारी गरेका थिए।

युएईका रोहन मुस्तफा र जहुर खानले यसै वर्ष मार्चमा पपुवा न्यु गिनी बिरुद्ध दशौँ विकेटको लागि ७० रनको साझेदारी गरेका थिए। उक्त साझेदारी दशौँ विकेटको लागि दशौँ उत्कृस्ट साझेदारी हो।

खेलमा टस हारेर ब्याटिंग गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाउदै नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]