आयान र बिलालको कीर्तिमानी दशौँ विकेटको साझेदारी

युएई ब्याट्सम्यान आयान अफ्जल खान र हजरत बिलालले नेपाल विरुद्ध दशौँ विकेटको लागि कीर्तिमानी साझेदारी गरेका छन्।

युएईको नेपाल भ्रमण अन्तर्गत तेश्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा खराब सुरुवात गरेको युएईले ९३ रन बनाउदा ९ विकेट गुमाएको थियो। त्यो अवस्थामा आठौँ नम्बरमा ब्याटिंग आयानले एघारौँ नम्बरका बिलालसंग अविजित ८३ रनको साझेदारी गरे। आयानले अविजित ५४ तथा बिलालले अविजित २० रन बनाए।

यो साझेदारी दशौँ विकेटको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै चौंथो सर्वाधिक साझेदारी हो।

आयान अफजल खानले अविजित अर्धशतक बनाए

दशौँ विकेटको लागि सर्वाधिक साझेदारीको रेकर्ड वेस्टइन्डिजका भिभ रिचर्ड्स र माइकल होल्डिंगको नाममा छ जसले सन् १९८४ मा इंग्ल्यान्ड बिरुद्ध अविजित १०६ रनको साझेदारी गरेका थिए। दोश्रो धेरै पाकिस्तानका मोहम्मद आमिर र सईद अज्मलले सन् २००९ मा न्युजिल्यान्ड बिरुद्ध १०३ रनको तथा तेश्रो धेरै वेस्टइन्डिजका रभी रामपौल र कमार रोचले सन् २०११ मा भारत बिरुद्ध अविजित ९९ रनको साझेदारी गरेका थिए।

युएईका रोहन मुस्तफा र जहुर खानले यसै वर्ष मार्चमा पपुवा न्यु गिनी बिरुद्ध दशौँ विकेटको लागि ७० रनको साझेदारी गरेका थिए। उक्त साझेदारी दशौँ विकेटको लागि दशौँ उत्कृस्ट साझेदारी हो।

खेलमा टस हारेर ब्याटिंग गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाउदै नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy