दशौ विकेटको लागि कीर्तिमानी साझेदारी बाबजुद स्कटल्याण्डद्वारा नेपाललाई सामान्य लक्ष

स्कटल्याण्डमा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा नेपाल र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।

टिटवुड ग्लासगोमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले ४२.४ ओभरमा १४४ रनमा सबै विकेट गुमाएर नेपाललाई १४५ रनको लक्ष प्रस्तुत गरेको छ। स्कोरकार्ड 

स्कटल्याण्डको लागि नवौं नम्बरमा ब्याटिंग गरेका गेभीन मेनले करियरकै पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा सर्वाधिक ६४ रन बनाए। अविजित रहेका उनले ५९ बलमा ७ चौका र १ छक्का प्रहार गरे। मार्क वाटले १७, सफ्यान सरिफले १६ तथा कलुम म्याकलोएडले १३ रन बनाए।

खराब सुरुवात गरेको स्कटल्याण्डले ३३ रन बनाउदा सुरुवाती ५ विकेट गुमायो। त्यसपछि तल्लो क्रमका ब्याट्सम्यानहरुले टिक्ने प्रयास गरेता पनि नेपालले नियमित अन्तरलमा विकेट लियो। ९५ रनमा ९ विकेट गुमेको अवस्थाबाट गेभिन मेनले दशौँ विकेटको लागि हम्जा ताहिरसंग ४९ रनको साझेदारी गरे। ४३ औं ओभरमा दिपेन्द्र ऐरीले उक्त साझेदारी तोड्दै नेपाललाई राहत दिलाए। यो साझेदारी नेपाल बिरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा दशौँ विकेटको लागि हालसम्मकै सर्वाधिक साझेदारी हो।

नेपालको बलिंगमा सोमपाल कामि र आदील आलमले समान ३/ ३ विकेट लिए जुन क्रममा सोमपालले १० ओभरमा ४० तथा आदीलले १० ओभरमा ३१ रन खर्चिए। कप्तान सन्दिप लामिछानेले २ तथा करन केसी र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासंग ४० रनले पराजित भएको थियो।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]