टस जितेर युएईले ब्याटिंग रोज्यो, आज आरिफ शेख खेल्दै

युएईको नेपाल भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा युएईले टस जितेर ब्याटिंग रोजेको छ।

खेलमा नेपालले आफ्नो अन्तिम एघारमा एउटा परिवर्तन गरेको छ। बायाँ हाते ब्याट्सम्यान हरिशंकर शाहको स्थानमा आरिफ शेखलाई मौका दिईएको छ। आज पनि सागर ढकाल, आदील आलम, भिम शर्की, कमल सिंह ऐरी बाहिर छन्।

नेपालको अन्तिम एघार : रोहित पौडेल ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, करन केसी, आरिफ शेख, दिपेन्द्र ऐरी, आसिफ शेख, सोमपाल कामि, अर्जुन साउद ( विकेटकिपर ) , गुल्सन झा, कुशल भुर्तेल, ललित राजबंशी

पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गर्दै सिरिजमा १-० को आग्रता हाँसिल गरेको छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy