जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको अग्रता लिएको छ।

वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा निर्धारित समय भन्दा करिब चार घण्टापछि भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस पहिलो दिन ८५/२ को स्थितीमा छ। खराब मौसमका कारण पहिलो दिन १७ ओभरको मात्रै खेल भएको छ।

पुलिसका लागि कुशल भुर्तेलले ५१ बलमा ६ चौकाको मद्दतले ५० रन बनाएका छन्। यसैगरी क्रिजमा रहेका अर्जुन साउदले खाता खोल्न सकेका छैनन्।

त्यसअघि अमीत श्रेष्ठले २० रन बनाउँदा दिलिप नाथ रनको खाता पनि खोल्न नपाई आउट भएका थिए।

आर्मीका लागि सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिएका छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy