पाकिस्तानलाई फाइनल पुर्याएपछि के भन्छन् कप्तान बाबर आजम

प्रतियोगिताको पहिलो २ खेलमा हारको बाबजुद उत्कृस्ट पुनरागमन गर्दै सेमीफाइनल पुगेको पाकिस्तानले न्युजिल्यान्ड बिरुद्ध ७ विकेटको शानदार जित दर्ता गर्दै टि-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ।

जितपछि पाकिस्तान कप्तान बाबर आजमले दर्शकहरुलाई धन्यवाद दिंदै आफ्नो टिमले योजना अनुसार खेल्न सकेको बताए। “दर्शकहरुलाई धन्यवाद जसले घरमै खेलेको जस्तो महसुस गराए।”

“हामीले पहिलो ६ ओभरमा बलिंगमा राम्रो सुरुवात गर्यौं। त्यसपछि बल राम्रोसंग ब्याटमा आएन। फास्ट बलरहरुले अन्त्य राम्रो गरे। उनले बताए।

“हामीले पहिलेनै पावरप्लेको राम्रो उपयोग गर्ने योजना बनाएका थियौं।” पाकिस्तानले पावरप्लेमा  विकेट नगुमाई ५५ रन बनाएको थियो भने बाबरले मोहम्मद रिजवानसंग शतकीय ( १०५ रनको ) ओपनिंग साझेदारी गरे। त्यस क्रममा बाबरले प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा ५३ रन बनाए।

“हामी यो पलमा रमाउन चाहन्छौं। यही समयमा फाइनलको लागि ध्यान केन्द्रित पनि गर्नेछौँ।” आजमले भने। पाकिस्तानले भोलि हुने भारत र इंग्ल्यान्ड बीचको दोश्रो सेमीफाइनलको विजेतासंग फाइनल खेल्नेछ।

जितमा प्लेयर अफ द म्याच चुनिएका पाकिस्तान ओपनर मोहम्मद रिजवानले सेमीफाइनलमा अर्धशतक बनाएकोमा आफुलाई भाग्यमानी ठानेको बताए –

“भाग्यमानी छु कि सेमीफाइनलमा अर्धशतक बनाउन सफल भएँ। बाबर र म संघर्षरत थियौं तर पनि हामी कठिन मेहनत गर्दै आफुमा विश्वास कायम राखीरहेका थियौं। पहिलो इनिंग्स सकिएपछि हामीले दोश्रो इनिंग्समा नयाँ बलर माथि हावी हुने योजना बनाएका थियौं। जब पावरप्ले सकियो हामीलाई थाहा थियो कि यो पिच अनिश्चित हुनेछ। हामीले प्रतियोगिताको सुरुवात खराब गरौँ तर हामीले निरन्तर आफुमा विश्वास कायम राख्यौं।”





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]