एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि समुह ‘बि’ बाट युथ अफ टिकापुर सेमीफाइनल पुगीसकेको छ।

फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा गरुडा नगरपालिकालाई ६ विकेटले पराजित गर्दै घोडाघोडी क्रिकेट एकेडेमी तिन वटै खेलमा जितको साथ अघिल्ल चरण प्रवेश गर्यो। गरुडा सहित आयोजक लिटल फ्लावर स्कुल र सुदुर पश्चीमान्चल एकेडेमी पहिलो चरण बाट बाहिर भएका छन्।

खेलमा गरुडा नगरपालिकाले दिएको १२९ रनको लक्ष्य घोडाघोडीले १७.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। स्कोरकार्ड 

घोडाघोडीका ओपनर बिपिन बिक्रम शाही र टेक रावतले ९३ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे। बिपिनले ३९ बलमा ६ चौका र ३ छक्का मद्दतले ५५ रन बनाए भने टेकले २९ बलमा ३ चौका र २ छक्का मद्दतले २५ रन बनाए। कृष कार्कीले अविजित १५ तथा निशान्त बूढायरले अविजित १० रन बनाए। गरुडाका बलर डब्लु मलिकले ३ तथा नितेश यादवले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको गरुडा नगरपालिकाले २० ओभरमा सबै विकेट गुमाएर १२८ रन बनायो।

गरुडाको लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए। सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए।

प्लेयर अफ द म्याच घोषित घोडाघोडीका बलर भुपेश जोशीले ५ विकेट लिए। उनले ४ ओभरमा मात्र १३ रन खर्चिए। संजय बोहरा, अशोक धामी र नरेश सुनारले १/१ विकेट लिए।

सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुल बीचको आजको दोश्रो खेल भने लिटल एन्जल्स टिम अनुपस्थित हुँदा हुन सकेन। समुह ‘डी’ मा रहेको सत्यवतीले खेल नखेलेता पनि २ अंक पाएको छ। सत्यवतीको २ खेलमा ४ अंक भएको छ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।





थप समाचार

क्यानडाले पछि पार्यो नेपाललाई

काठमाडौं । विश्वकप लिग टू को अंक तालिकामा क्यानडाले नेपाललाई पछि पारेको छ । युएईमा आजबाट सुरु युएई, क्यानडा र […]

पाँचपोखरी टी-ट्वान्टी प्रतियोगिता : कर्माको ह्याट्रिकमा पाँचपोखरीको सहज जित

काठमाडौं । छैटौँ संस्करणको पाँचपोखरी टी-ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको पाँचौं दिनको खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिका विजयी […]

दाङ क्रिकेट लिग : घोराहीको जितमा दिपेश उत्कृस्ट, दिवान चम्किंदा तुलसीपुर विजयी

दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स […]

रोहित र दीपेन्द्रको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहित पौडेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बाबजुद नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको छ । टियु क्रिकेट मैदान […]

लेभेन्टको अर्धशतकमा नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौं । ओपनर माईकल लेभेन्टको अर्धशतकको सहयोगमा नेदरल्यान्ड्सले जितका लागि नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ । टियु […]

नेपालले टस जित्यो, ललित टिममा फर्किए

काठमाडौं । नेपाली टोलीले दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेपालका कप्तान रोहितकुमार पोडेलले […]