सुदूरपश्चिमलाई उपाधि, कविता उत्कृस्ट घोषित

२०७९ माघ ७, शनिबार १६:३९

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । इटहरी स्थित जनता क्रिकेट पार्क मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई ६ विकेटले हरायो ।

प्रदेश–१ले दिएको एक सय दुई रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा लक्ष्य भेट्टाएको थियो । सुदूरको जितमा सम्झना खड्काले अविजित २७ रन बनाईन् । डली भट्टले २२, कविता जोशीले अविजित १९ र कविता कुँवरले १२ रन योगदान दिए । बलिङमा प्रदेश–१ का सबनम राई, सङ्गीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले एक एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ३७ रन बनाउदा ३ विकेट गुमायो। चौंथो विकेटको लागि सम्झना खड्काले डली भट्टसंग ३५ रनको साझेदारी गरिन्। पन्ध्रौँ ओभरमा डलि आउट भएपछि पाँचौ विकेटको लागि सम्झना र कविताले अविजित ३० रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

अन्तिम ओभरमा जित्न ८ रन आवस्यक हुँदा रुबिना क्षेत्रीले गरेको अन्तिम ओभरको दोश्रो बलमा कविताले छक्का प्रहार गरिन्। पाँचौ बलमा जित्न आवस्यक १ रन लिंदै कविताले टिमलै जितसम्म पुर्याईन्।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । प्रदेश–१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन बनाईन् । अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन्। बलिङमा सुदूरपश्चिमकि मनिषा चौधरीले दुई विकेट तथा ऋतु कोनुजियाले एक विकेट लिईन् ।

उपाधिसँगै सुदूरपश्चिम प्रदेशले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता प्रदेश–१ ले तीन लाख रुपैयाँ प्राप्त गरेका छ ।

Kabita Kunwar ( Player of the Series )
Kabita Kunwar ( Player of the Series )

प्रतियोगिताकै उत्कृस्ट खेलाडी सुदूरपश्चिमकि कविता कुँवर घोषित भईन् जसले ३० हजार रुपैयाँ हात पारिन्। साथै कविता सुनसरी प्लेअर अफ द चोईस समेत घोषित हुँदै यामाहा फसिनो स्कुटर हात पारिन्। कवितानै उत्कृस्ट ब्याटर हुँदै थप २० हजार रुपैयाँ हात पार्दा उत्कृस्ट बलर सुदूरपश्चिमकि  मनिषा चौधरी घोषित भईन् जसले २० हजार रुपैयाँ हात पारिन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy