Nepal T20 : पहिलो ५ खेल हारेपछि पोखराको लगातार तेश्रो जित

Sumit Maharjan

ओपनर सुमित महर्जनको उत्कृष्ट ब्याटिङमा काठमाडौँ नाइट्सलाई ५ विकेटले पराजित गर्दै पोखरा एभेन्जर्सले जारी नेपाल टी-२० लिगमा प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले दुई बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पुरा गर्‍यो ।

पोखराको जितमा सुमित महर्जनले उत्कृष्ट इनिङ खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन जोडे । सुमितले तेस्रो विकेटका लागि उपुल थरंगासँग १ सय १२ रनको साझेदारी गरेका थिए । थरंगा ४९ बलमा ५ चौका र १ छक्कासहित ५८ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल मल्ल १४ रनमा अविजित रहे ।

काठमाडौँको बलिङमा कमल ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले ३.४ ओभरमा २६ रन खर्चिए । अनिल खरेल र अविनाश बोहराले समान एक/एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रनको योगफल तयार पारेको थियो ।

काठमाडौँका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रनको इनिङ खेले का थिए । उनले २८ बलमा ७ छक्का र तीन चौका प्रहार गरे । ब्लेक जारी लिगमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् ।

ओपनर विरन्दीपसिंह ३८ बल खेल्दै २ चौका र १ छक्कासहित ३२ रनमा आउट हुँदा सुनम गौतमले ४२ बलमा ५ चौका प्रहार गर्दै ४५ रन बनाएका थिए ।

अज्मतुल्लाह ओमारजाई ३ रनमा आउट हुँदा रायन बर्ल १० र लोकेश बम ४ रनमा अविजित रहे । पोखराको बलिङमा तुल बहादुर थापाले २ ओभरमा १७ रन खर्चिएर दुई विकेट लिए । प्रतिस जिसी र कुशल मल्ले समान दुई विकेट लिए ।

काठमाडौँ ६ खेलमा तीन जित र तीन हारको नतिजा निकाल्दै ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पोखरा ८ खेलमा पाँच हार र तीन जितको नतिजासहित ४ अंक जोडेर चौथो स्थानमा छ ।


लुम्बिनी अलस्टार्स ७ मध्य ६ खेल जित्दै १२ अंक जोडेर तीन खेल अगावै प्लेअफमा पुगिसकेको छ । जनकपुर रोयल्स दोस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा फार वेस्र्टन युनाइटेड र जनकपुर भिड्दैछन् ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]