स्युचाटार क्रिकेट लिग : किंग्स र ग्रेट हिमालय क्रिकेट एकेडेमीको लगातार जित

तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोश्रो दिनको खेलहरु सम्पन्न भएका छन्। आज सम्पन्न सातवटा खेलहरुमा नवज्योति युथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन्।

आजको पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत नवज्योति युथ परिवारले दोश्रो जित दर्ता गर्ने क्रममा हसनटार युथ क्लबलाई २६ रनले पराजित गर्यो। ९१ रनको लक्ष्य पछ्याएको हसनटारलेले १० ओभरमा ६४ रनमा सबै विकेट गुमाउन पुग्यो विज्ञान गौतमले चार विकेट लिए ।

आजको दोस्रो खेलमा समुह ‘डी’ अन्तर्गत ग्रेट हिमालयन क्रिकेट एकेडेमीले थानकोट वारियर्सलाई २० रनले पराजित गर्यो। ५९ रनको लक्ष्य पछाएको थानकोटले ३८ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका क्रिस कार्कीले दुई विकेट लिनुको साथै १५ रन पनि बनाए।

आजको तेस्रो खेलमा समुह ‘डी’ अन्तर्गत सानो स्वर्ग नेपालले पञ्चायन युथ क्लबलाई दुई विकेटले पराजित गर्यो। ७३ रनको लक्ष्य पछाएको पञ्चायनले अन्तिम बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित धीरजले तीन विकेट लिनुको साथै २५ रन पनि बनाए।

आजको चौंथो खेलमा समुह ‘सी’ अन्तर्गत बिडिएसले कालिका वारियर्सलाई ३९ रनले पराजित गर्यो। ७८ रनको लक्ष्य पछ्याउने क्रममा कालिकाले ३८ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित रवि शाहले ३१ रन बनाए।

आजको पाँचौँ खेलमा समुह ‘डी’ अन्तर्गत ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सानो स्वर्ग नेपाललाई ७२ रनले पराजित गर्यो। ९२ रनको लक्ष्य पछाएको सानो स्वर्गले १९ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित सक्षम बस्ताकोटीले ३७ रन बनाए।

आजको छैटौं खेलमा समुह ‘ए’ अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टरले ( सीइसी) ले नवज्योति युवा क्लबलाई सात विकेटले पराजित गर्यो। ४१ रनको लक्ष्य पाएको क्रिकेट एक्सिलेन्स सेन्टरले ४.२ ओभरमा विकेट नगुमाई लक्ष्य पुरा गर्यो। प्लेयर अफ द म्याच घोषित अभिनाश बस्यालले ३ विकेट लिए।

आजको सातौं खेलमा समुह ‘बि’ अन्तर्गत किङ्स क्रिकेट एकेडेमीले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा टिम रेन्सुलाई १० रनले पराजित गर्यो। ६२ रनको लक्ष्य पछाएको रेन्सुले ५१ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित प्रसिद्ध श्रेष्ठले १३ रन बनाउनुको साथै एक विकेट पनि लिए। जित पछि किंग्सले समुह ‘बि’ क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

प्रतियोगिता अन्तर्गत आइतबार तेश्रो दिन लिग चरणका ७ वटा खेल हुनेछन्।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]