स्युचाटार क्रिकेट लिग : मिक्समान्डु र सीईसी क्वार्टरफाइनलमा

तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोश्रो दिनको खेलहरु सम्पन्न भएका छन्।

काठमाण्डौ स्युचाटार स्थित तारकेशवर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न आजका सातवटा खेलहरुमा टिम बिडीएस, तारकेश्वर युथ क्लब, थानकोट वारियर्स, हिमालयन क्रिकेट एकेडेमी, क्रिकेट एक्सिलेन्स सेन्टर, मिक्समान्डु विजयी भएका छन्।

आजको पहिलो खेलमा समुह ‘सि’ अन्तर्गत टिम बिडिएसले स्याङ्जा एभेन्जर्सलाई चार विकेटले पराजित गर्यो। ७९ रनको लक्ष्य पछ्याउने क्रममा टिम बिडिएसले चार विकेट गुमाएर ९ दशमलव ३ ओभरमा लक्ष्य पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले २९ रन बनाए। सबै ४ खेलमा जित पछि टिम बिडीएस समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ भने सबै ४ खेलमा पराजित स्याङ्जा बाहिरिएको छ।

आजको दोस्रो खेलमा समुह ‘ए’ अन्तर्गत तारकेश्वर युथ क्लबले हसनटार युथ क्लबलाई ११ रनले पराजित गर्यो। ५० रनको लक्ष्य पाएको हसनटारले ३८ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित दीपक रेग्मीले तीन विकेट लिए।

आजको तेस्रो खेलमा समुह ‘डी’ अन्तर्गत थानकोट वारियर्सले पाञ्चायन युथ क्लबलाई सात विकेटले पराजित गर्यो। ५६ रनको लक्ष्य थानकोटले ३ दशमलव २ ओभरमा विकेट नगमाई पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित थानकोटका प्रनिश श्रेष्ठले २४ रन बनाए। दुवै टिम यस अघिनै समुह चरणबाट बाहिर भैसकेका छन्।

आजको चौथो खेलमा समुह ‘सि’ अन्तर्गत हिमालयन क्रिकेट एकेडेमीले स्याङ्जा वारियर्सलाई चार विकेटले पराजित गर्यो। ५२ रनको लक्ष्य हिमालयन क्रिकेट एकेडेमीले आठ दशमलव ४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित जयन्त बिष्टले एक विकेट लिनुको साथै १७ रन बनाए।

आजको पाँचौं खेलमा समुह ‘ए’ अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टरले ( सीईसी )  चक्रवर्ती ल कलेजलाई ५० रनले पराजित गर्यो। ८७ रनको लक्ष्य पछ्याउने क्रममा चक्रवर्तीले ३६ रनमा सबै विकेट गुमाए। प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका राज बमले तीन विकेट दिनुको साथै १४ रन पनि बनाए। जितपछि क्रिकेट एक्सिलेन्स सेन्टर तिनवटै खेलमा जितको साथ क्वार्टरफाइनल पुगेको छ।

आजको छैटौँ खेलमा समुह ‘डी’ अन्तर्गत मिक्समाण्डुले थानकोट वारियर्सलाई १५ रनले पराजित गर्यो। ५३ रनको लक्ष्य पछ्याउने क्रममा थानकोट वारियर्सले ३७ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित मिक्समान्डुका नवीन यादवले १४ रन बनाउनुको साथै दुई विकेट पनि लिए। समुह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी समुह विजेता र मिक्समान्डु समुह उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ।

आजको सातौं खेलमा समुह ‘ए’ अन्तर्गत क्रिकेट एक्सेलेन्ज सेन्टरले ( सीईसी ) युथ हसनटार क्लबलाई ४८ रनले पराजित गर्यो। ९४ रनको लक्ष्य पछ्याउने क्रममा हसनटारले ४५ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित राज बमले ४० रन बनाए। हसनटार ४ खेलमा १ मात्र जितपछि क्वार्टरफाइनल दौडबाट बाहिर भएको छ।

पाँचौ दिनको खेलपछि हालसम्म समुह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर ( सीईसी ) , समुह ‘बि’ बाट किंग्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समुह ‘सी’ बाट टिम बिडीएस, समुह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समान्डु क्वार्टरफाइनल प्रवेश गरेका छन्।

प्रतियोगिता अन्तर्गत छैठौं दिन बुधबार पनि लिग चरणका ६ वटा खेलहरु हुनेछन्।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]