अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले क्रिकेट खेललाई ओलम्पिकमा सामेल गर्न पहल गर्ने भएको छ।
आईसीसीले मंगलबार यो कुराको पुस्टि गरेको हो। आईसीसी २०२८ को लस एन्जल्समा हुने ओलम्पिकमा क्रिकेट समाबेश गर्न चाहन्छ।
ओलम्पिकमा क्रिकेट सामेल गर्नको लागि बोलि लगाउन आईसीसीले एउटा कार्यदलनै गठन गरेको छ। अमेरिकामा ३ करोड क्रिकेट समर्थक भएकोले त्यहाँ ओलम्पिकमा क्रिकेट फिर्ता गर्न सहि हुने ठहर आईसीसीको रहेको छ।
A momentous day for the future growth of cricket in the USA & around the world!
After the awesome #Tokyo2020 games, we are proud, humbled and honored to be helping the @ICC to lead the way to bring cricket to the Olympics.
Los Angeles 2028 is the perfect place to start @LA28🏏 https://t.co/373MEnQ1oQ
— USA Cricket (@usacricket) August 10, 2021
क्रिकेट खेल ओलम्पिकमा मात्र एक पटक सामेल भएको इतिहास रहेको छ। सन् १९०० क पेरिस ओलम्पिकमा क्रिकेट सामेल गर्दा टिम ब्रिटेन र फ्रान्सले मात्र सहभागिता जनाएका थिए। १२८ वर्ष पछि क्रिकेट खेल विश्वको सबैभन्दा ठूलो आयोजनामा हुनसक्नेछ। क्रिकेट आगामी वर्ष बर्मिङगममा हुने कमनवेल्थ गेम्समा पनि क्रिकेट समाबेश हुँदैछ।
आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले ओलम्पिकमा क्रिकेट खेल सामेल हुनुले खेल र क्रिकेट दुवैलाई फाइदा हुने बताएका छन् – “हामि क्रिकेटलाई भविष्यमा ओलम्पिकको हिस्सा बनाउन चाहनेछौँ। हाम्रो खेल ओलम्पिकमा बोलि लगाउन तयार छ। विश्वस्तरमा हाम्रो एक अर्ब भन्दा धेरै समर्थकहरु छन् जसमध्ये ९० प्रतिशतले ओलम्पिकमा क्रिकेट समाबेश होस् भन्ने चाहन्छन्। खासगरी दक्षिण एसियामा हाम्रो ९० प्रतिशत समर्थकहरु छन्। अमेरिकामा पनि ३ करोड क्रिकेट प्रसंशक छन्। फ्यानहरु आफ्नो प्रिय खेललाई ओलम्पिकमा देख्दा खुसि हुनेछन्।” बार्कलेले बताए।