१४ रनमा चिन अल-आउट, टि-२० इतिहासकै कम योगफल

  • विकेटनेपाल – पुष २९ , आइतबार  

थाईल्याण्ड क्रिकेटको आयोजनामा जारि थाईल्याण्ड महिला टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत युएईले आइतबार चिनलाई पराजित गर्ने क्रममा अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै किर्तिमान बनाएको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको युएईले २० ओभरमा ३ विकेट क्षतिमा २०३ रनको बिशाल योगफल तयार पारेको थियो। उसका लागि ओपनर इशा ओजाले सर्वाधिक ८२ रन बनाईन। ६२ बलमा उनले १३ चौका प्रहार गरिन्। युएईले अतिरिक्त २५ रन पाएको थियो।

२०४ रनको बिशाल लक्ष्य लिएर उत्रिएको चिन १० ओभरमा १४ रनमै समेटिन पुग्यो। इशनी मनानेलागेले १ ओभरमा कुनै रन नखर्ची ३ विकेट हात पारिन। त्यस्तै चाया मुघलले पनि ३ विकेट लिन ४ ओभरमा २ मेडन राख्दै ४ रन खर्चिन्। नमिता डि’सुजाले २ विकेट लिईन्।

टि-२० अन्तर्राष्ट्रिय इतिहासकै ठुलो जित 

संयुक्त अरब इमिरेट्सले चिनलाई मात्र १४ रनमा रोक्दै १८९ रनको बिशाल जित दर्ता गर्यो। यो अन्तर कुनै पनि टि-२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा फराकिलो अन्तर रहेको छ।

यसअघि महिला टि-२० अन्तर्राष्ट्रियतर्फ नामिबियाले सन् २०१८ मा २११ रनको योगफल बनाउँदै लेसोथोलाई १७९ रनले पराजित गरेको थियो।  पुरुष अन्तर्राष्ट्रिय टि-२० तर्फ श्रीलंकाले सन् २००७ मा केन्या बिरुद्द प्राप्त गरेको १७२ रनको अन्तरनै सबैभन्दा फराकिलो अन्तर थियो।

चिनको इतिहासकै कम योगफल 

चिनले बनाएको १४ रनको योगफल कुनै पनि टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम रहेको छ। यस अघि यो रेकर्ड मेक्सिकोको नाममा रहेको थियो जसले ब्राजिल बिरुद्द सन् २०१८ को अगस्टमा ९.५ ओभरमा सबै विकेट गुमाउँदै १८ रनमात्र बनाउन सकेको थियो।

प्रतियोगितामै नेपालले शनिवार चिनलाई १० विकेटले पराजित गर्ने क्रममा ४८ रन बनाएको थियो। चिनले नेपालसंग २० ओभर पुरै ब्याटिंग गरेको थियो र ६ विकेट गुमाएर उक्त योगफल तयार गरेको थियो।

यस्तै गत वर्ष टि-२० बिश्वकप एसिया छनौट ‘बि’ प्रतियोगिता खेल्नेक्रममा नेपाल पुरुष क्रिकेट टिमले चिनलाई २६ रनमा समेटेको थियो। त्यस खेलमा चिनले १३ ओभर ब्याटिंग गरेर सबै विकेट गुमाएको थियो। २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विकेट नगुमाई पुरा गरेको थियो।

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]