एसिया कप छनौट खेल्ने नेपाली टोलीको घोषणा, सागर र बिनोद अन्तिम १५ मा

Sagar Pun, Binod Bhandari
  • विकेटनेपाल – २ भाद्र, शनिवार 

मलेसियामा अगस्ट २९ देखि आयोजना हुने एसिया कप छनौट प्रतियोगिता खेल्ने नेपाली टोलि सार्वजनिक भएको छ। १५ सदस्यीय नेपाली टोलीमा बिनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका छन्।

पारस खड्काको कप्तानीमा रहेको टोलीका अन्य सदस्यहरुमा ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबाश खकुरेल  रहेका छन्। टोलि छनौटको काम कप्तान पारस खड्का र मुख्य प्रशिक्षकजगत टमाटाले गरेका हुन्। यसअघि नेदरल्याण्डस बिरुद्धको एक दिवसीय शृंखलाका लागि टोलीमा रहेका शक्ति गौचन र शरद भेसावकर एसिया कप छनौटको स्क्वाडबाट बाहिरिएका छन्। शक्तिले नेपाली राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए भने डच् टोलि बिरुद्धको पहिलो खेलमा चोटिल भएका शरद भेष्वाकरलाई पूर्ण रुपमा ठिक हुन अझ ३ हप्ता लाग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन्।

नेपाली टोलीको बैकल्पिक सूचीमा भने किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारि रहेका छन्। एसिया कप छनौटको तयारीका लागि नेपाली टोली अगष्ट २० तारिकमा श्रीलंका प्रस्थान गर्ने छ। श्रीलंकामा रहंदा नेपालले अगष्ट २२ मा आर्मी क्रिकेट टिम, अगष्ट २४ मा ब्लुमफिल्ड र अगष्ट २६ मा कोल्ट्स बिरुद्ध अभ्यास खेल खेल्ने तालिका रहेको छ।

Apurva Desai - Sompal Kami
Apurva Desai – Sompal Kami

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।

एसिया कपमा नेपालको खेल तालिका :- २९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) , १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) , २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) , ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) , ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]