गप्टिल र च्यापम्यानको अर्धशतक, न्युजिल्यान्डद्वारा भारतलाई १६५ रनको लक्ष्य

न्युजिल्यान्डको भारत भ्रमण अन्तर्गत तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले भारतलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

न्युजिल्यान्डको ब्याटिंगमा ओपनर मार्टिन गप्टिलले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै मार्क च्यापम्यानले ५० बलमा ६ चौका र २ छक्का मद्दतले ६३ रन बनाए। टिम सेफर्टले १२ रन बनाए।

ओपनर डेरेल मिचेल खाता नखोली पहिलो ओभरमा भुवनेश्वर कुमारबाट बोल्ड भएपछि दोश्रो विकेटको लागि गप्टिलले मार्क च्यापम्यानसंग शतकीय साझेदारी गरे। १०९ रनको साझेदारी चौधौं ओभरमा रभीचन्द्रन आश्विनले च्यापम्यानलाई बोल्ड गर्दै तोडे। सोहि ओभरमा ग्लेन फिलिप्सलाई आश्विनले खाता नखोली एलबिडब्लु पारे। चौंथो विकेटको लागि गप्टिलले टिम सेफर्टसंग ४० रन जोडे। गप्टिललाई अठारौं ओभरमा दिपक चाहरले क्याच आउट पारे। लगत्तै ओभरमा सेफर्टलाई भुवनेश्वरले क्याच आउट पारे। अन्तिम ५ ओभरमा न्युजिल्यान्डले ३ विकेट गुमाएर ४१ रन बनायो।

भारतको बलिंगमा भुवनेश्वर कुमार ( ४-०-२४-२ ) र रभीचन्द्रन आश्विनले २ विकेट ( ४-०-२३-२ ) हात पारे। दिपक चाहर ( ४-०-४२-१ ) र मोहम्मद सिराज ( ४-०-३९-१ ) ले समान १ विकेट लिए।

भारतीय टिम पहिलो पटक राहुल द्रविडको प्रशिक्षणमा खेलीरहेको छ भने टिमको नेतृत्व रोहित शर्माले गरिरहेका छन्। भारत भ्रमण अन्तर्गत न्युजिल्यान्डले तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय पछि दुई वटा टेस्टको सिरिज खेल्नेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]