गप्टिल र च्यापम्यानको अर्धशतक, न्युजिल्यान्डद्वारा भारतलाई १६५ रनको लक्ष्य

न्युजिल्यान्डको भारत भ्रमण अन्तर्गत तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले भारतलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

न्युजिल्यान्डको ब्याटिंगमा ओपनर मार्टिन गप्टिलले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै मार्क च्यापम्यानले ५० बलमा ६ चौका र २ छक्का मद्दतले ६३ रन बनाए। टिम सेफर्टले १२ रन बनाए।

ओपनर डेरेल मिचेल खाता नखोली पहिलो ओभरमा भुवनेश्वर कुमारबाट बोल्ड भएपछि दोश्रो विकेटको लागि गप्टिलले मार्क च्यापम्यानसंग शतकीय साझेदारी गरे। १०९ रनको साझेदारी चौधौं ओभरमा रभीचन्द्रन आश्विनले च्यापम्यानलाई बोल्ड गर्दै तोडे। सोहि ओभरमा ग्लेन फिलिप्सलाई आश्विनले खाता नखोली एलबिडब्लु पारे। चौंथो विकेटको लागि गप्टिलले टिम सेफर्टसंग ४० रन जोडे। गप्टिललाई अठारौं ओभरमा दिपक चाहरले क्याच आउट पारे। लगत्तै ओभरमा सेफर्टलाई भुवनेश्वरले क्याच आउट पारे। अन्तिम ५ ओभरमा न्युजिल्यान्डले ३ विकेट गुमाएर ४१ रन बनायो।

भारतको बलिंगमा भुवनेश्वर कुमार ( ४-०-२४-२ ) र रभीचन्द्रन आश्विनले २ विकेट ( ४-०-२३-२ ) हात पारे। दिपक चाहर ( ४-०-४२-१ ) र मोहम्मद सिराज ( ४-०-३९-१ ) ले समान १ विकेट लिए।

भारतीय टिम पहिलो पटक राहुल द्रविडको प्रशिक्षणमा खेलीरहेको छ भने टिमको नेतृत्व रोहित शर्माले गरिरहेका छन्। भारत भ्रमण अन्तर्गत न्युजिल्यान्डले तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय पछि दुई वटा टेस्टको सिरिज खेल्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy