सुर्यकुमारको अर्धशतक मद्दतले भारतद्वारा श्रीलंकालाई १६५ रनको लक्ष्य

२०७८ श्रावण १०, आईतवार २१:५६

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेल कोलोम्बोको आर प्रेमदाशा स्टेडियममा सुरु भएको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १६४ रन बनाउदै भारतलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ओपनर पृथ्वी श पहिलो बलमै दुश्मन्था चमिराबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि कप्तान शिखर धवनले संजु स्यामसनसंग ५१ रन जोडे। २० बलमा २ चौका र १ छक्का मद्दतले २७ रन बनाएका स्यामसनलाई वानिन्दु हसरंगाले एलबिडब्लु आउट गराए। धवनले तेश्रो विकेटको लागि सूर्यकुमार यादवसंग ६२ रन जोडे।


धवनले १५ औं ओभरमा चमिका करुनारत्नेबाट क्याच आउट हुनु अघि ४६ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। करियरको दोश्रो अर्धशतक पुरा गरेपछि यादव १६ औं ओभरमा हसरंगाबाट क्याच आउट भए। त्यस अघि यादवले ३४ बलमा ५ चौका र २ छक्का मद्दतले ५० रन बनाए। त्यसपछि हार्दिक पान्ड्या मात्र १० रन बनाएर चमिराबाट क्याच आउट भए। त्यसपछि इशान किशनले एक किनार सम्हाल्दै अविजित २० रन बनाए जुन क्रममा १४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

इनिंग्सको अन्तिम ५ ओभरमा भारतले २ विकेट क्षेतीमा ४३ रन बनायो।

श्रीलंकाको बलिंगमा दुश्मन्था चमिरा ( ४-०-२४-२ ) र वानिन्दु हसरंगा ( ४-०-२८-२ ) ले समान २ विकेट लिए भने चमिका करुनारत्नेले १ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy