१७ फोटोमा हेर्नुस डिभिजन-२ को लागि नेपालको तयारी

  • विकेटनेपाल, माघ १ – सोमबार 

नेपाली क्रिकेटको भबिस्यको लागि अत्यन्त महत्वपूर्ण प्रतियोगिता आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-२ को लागि नेपाली रास्ट्रिय क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा अभ्यास गरिरहेको छ।

फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा संचालन हुने डिभिजन-२ को उत्कृस्ट-२ भित्र पर्न सके नेपालले एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। प्रतियोगितामा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

अभ्यासको लागि गत साता २१ सदस्यीय प्रारम्भिक टोलिको चयन गरिएको छ

आइतबार नेपाली टिमले ‘म्याच सिनारियो’ अभ्यास गर्यो जुन क्रममा एउटा काल्पनिक लक्ष निर्धारण गरेर  टिमले लक्ष पछ्याईरहेको थियो। गत साता मंगलबार देखि अभ्यास थालेको नेपाली टिम अभ्यासको लागि प्रतियोगिता अघि युएईमा ३ वटा अभ्यास खेल खेल्न पुग्ने कार्यक्रम रहेको छ।

बलिंग गर्दै किशोर महतो

नेपाली टिमको अभ्यासलाई सघाउन आईसीसीले एकजना बिदेशी प्रशिक्षकको ब्यबस्था गर्ने भएको छ। प्रशिक्षक जगत टमाटाका अनुसार भारतीय प्रथम श्रेणी क्रिकेटर तथा मुम्बई क्रिकेट टिमका प्रशिक्षक रहीसकेका सुलक्षण कुलकर्नी नेपाल आउने सम्भावना बढी रहेको छ।

प्रारम्भिक टिम :- 

अनिल साह, बसन्त रेग्मी, दिलिप नाथ, दिपेन्द्र ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, पारस खड्का, रोहित पौडेल, रशिद खान, सन्दिप लामिछाने, शक्ति गौचन , शरद भेसावकर, सिद्धान्त लोहनी, सोमपाल कामि सुनिल धमला र सुशन भारि

हेर्नुस फोटोहरुमा टिमको अभ्यास 

बलिंग गर्दै रशिद खान
पेभेलियनबाट अभ्यास हेर्दै पारस
शरद भेसावकर
सहायक प्रशिक्षक महेश रिजालसंग ज्ञानेन्द्र मल्ल
सन्दिप लामिछाने
पारस खड्का नेटमा
करन केसी
बसन्त रेग्मी बलिंग गर्दै गर्दा आरिफ शेखको हेराइ
अभ्यास चल्दै गर्दा बकुल्लाको उडान
शक्ति गौचन
प्रशिक्षण नियाल्दै प्रशिक्षक जगत टमाटा ( बीचमा ) , सहायक प्रशिक्षक महेश रिजाल ( बाँयाँ ) र टिमका फिटनेस ट्रेनर ( बाँयाँ )
अनिल साह
ब्याटिंग गर्दै दिपेन्द्र ऐरी
बलिंग गर्दै दिपेश श्रेष्ठ
किशोर महतोलाई हौशला दिंदै पारस

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy