नेपाल टी-२० लिगको प्लेअफ समीकरण पूरा

नेपाल टी-२० लिगको समूह चरणका खेल सकिएका छन्। शनिबार समूह चरणका अन्तिम दुई खेल सकिएसँगै प्लेअफ समीकरण समेत पूरा भएको छ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्सबीच क्वालिफायर्स–१ हुनेछ। यो खेल आइतबार मध्यान्ह हुनेछ। खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले क्वालिफायर-२ मा खेल्न पाउनेछ।

अङ्क तालिकामा तेस्रो भएको विराटनगर किंग्स र चौथो भएको काठमाडौं नाइट्सबीच एलिमिनेटरको खेलमा प्रतिस्पर्धा हुनेछ। एलिमिनेटर सोमबार हुनेछ। विजेता टिम क्वालिफायर-२ मा पुग्नेछ भने पराजित हुने टिम बाहिरिनेछ। क्वालिफायर-२ मङ्गलवार हुनेछ। क्वालिफायर-१ र क्वालिफायर-२ को विजेताबिच फाइनल खेल हुनेछ। फाइनल बुधबार हुनेछ।

यता शनिबार भएको समूह चरणको अन्तिम खेलमा पोखरालाई फार वेस्टले ४१ रनले हरायो। महत्त्वपूर्ण खेलमा पराजित भएसँगै पोखरा प्लेअफमा पुग्न सकेन। फार वेस्ट भने यसअघि नै बाहिरिएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy