पीएम कप फाइनल : एपीएफलाई च्याम्पियन बन्न १८० रनको लक्ष्य

अमर रौटेला र मौसम ढकालको तीन-तीन विकेटप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई एक सय ७९ रनमा अलआउट गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४० ओभरमा छोट्याइएको खेलको ३९ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रनको योगफल तयार गर्यो। स्कोरकार्ड 

आर्मीका लागि ५६ बलको सामना गरेका राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले तीन चौकासहित ४९ रनको योगदान गरे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्। यद्यपि, अन्तिम विकेटका लागि जितेन्द्र मुखिया र सुशष भारीले ४८ रनको साझेदारी गरे।

सुशन २५ बलमा १९ रन जोडेर आउट हुँदा जितेन्द्र समान २५ बलमा २४ रन जोडेर अविजित रहे। एपीएफका लागि कसिलो बलिङ गरेका अमर र मौसमले जनही तीन विकेट लिन आफ्नो कोटाको आठ-आठ ओभरमा क्रमश:४० र ३२ रन खर्चेका थिए। यस्तै, पाँच ओभरमा १६ रन खर्चेका किशोर महतोले दुई विकेट लिए।

आर्मीले अनिल मण्डलको स्थानमा सोमपाल कामीलाई टिममा राखेपछि उत्पन्न विवादका कारण खेल समयमा सुरु नभएर झण्डै दुई घण्टा ढिलो भएको थियो।

अन्ततः सोमपाललाई पनि समावेश गराएर ११ बजे खेल सुरु भएको हो। आर्मीका लागि ओपनिङमा आएका सोमपाल चार बेल खेलेर शून्यमा आउट भएका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]