डेब्युमा थिक्साना चम्किंदा, १८ महिना पछि श्रीलंकाको ओडीआई सिरिज जित

तेश्रो खेलमा दक्षिण अफ्रीकालाई ७८ रनले पराजित गर्दै घरेलु टोलि श्रीलंकाले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ।

श्रीलंकाले १८ महिना पछि पहिलो पटक एकदिवसीय सिरिज जितेको हो। गत वर्ष सुरुवातमा वेस्टइन्डिजलाई घरेलु सिरिजमा ३-० ले पराजित गरेपछि श्रीलंकाले वेस्टइन्डिज, बंगलादेश, इंग्ल्यान्ड र भारतसंग एकदिवसीय सिरिजमा हार बेहोरेको थियो।

आर.प्रेमदासा स्टेडियम कोलोम्बोमा सम्पन्न खेलमा श्रीलंकाले दिएको २४ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले ३० ओभरमा १२५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। उसको लागि हेनरिच क्लासेनले २२, जर्ज लिन्डेले १८ , एन्डीले फेलुक्वायोले १७ तथा कप्तान केशभ महाराजले १५ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले पहिलो ६ विकेट ५४ रनको स्कोरमै गुमाउन पुगेको थियो। त्यसपछि हेनरीच क्लासेन र एन्डीले फेलुक्वायोले ३६ रनको साझेदारी गरेता पनि त्यसपछि पुनः लगातार विकेट गुम्न पुग्यो। दशौँ विकेटको लागि केशभ महाराज र तब्रेज शाम्सीले २३ रनको साझेदारी गर्दै जितको अन्तर कम गरे।

श्रीलंकाको बलिंगमा डेब्यु गरेका अफ स्पिनर महेश थिक्सानाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा २१ वर्षीय बलरले १० ओभरमा ३७ रन खर्चिए। यस क्रममा उनले डेब्युको पहिलो बलमै विकेट लिंदै चौथो श्रीलंकन खेलाडी समेत बन्न पुगे। दुश्मन्था चमिरा र वानिन्दु हसरंगाले समान २ विकेट तथा प्रभिन जयबिक्रमा र चरिथ असलंकाले १/१ विकेट लिए।


यस अघि टस जितेर ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट क्षेतीमा २०३ रन बनाएको थियो। श्रीलंकाको लागि चरिथ असलंकाले सर्वाधिक ४७ र, धनन्जय डी सिल्भाले ३१ रन, दुस्मन्था चमिराले २९ रन बनाए। दक्षिण अफ्रिकाको बलिंगमा देब्रे हाते स्पिनर केशव महाराजले सर्वाधिक ३ विकेट ( १०-०-३८-३ ) लिए भने जर्ज लिंडे ( १०-१-३२-२ ) र तब्रेज शाम्सीले ( १०-०-३१-२ ) समान २ विकेट लिए। एडेन मारक्रम र वियान मुल्डरले १/१ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल श्रीलंकाले १४ रनले तथा दोश्रो खेल दक्षिण अफ्रीकाले ६७ रनले ( डीएलएस मेथड ) जितेको थियो। दुई देश बीच सेप्टेम्बर १० तारिख देखि तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]