डेब्युमा थिक्साना चम्किंदा, १८ महिना पछि श्रीलंकाको ओडीआई सिरिज जित

२०७८ भाद्र २२, मंगलवार २२:०५

तेश्रो खेलमा दक्षिण अफ्रीकालाई ७८ रनले पराजित गर्दै घरेलु टोलि श्रीलंकाले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ।

श्रीलंकाले १८ महिना पछि पहिलो पटक एकदिवसीय सिरिज जितेको हो। गत वर्ष सुरुवातमा वेस्टइन्डिजलाई घरेलु सिरिजमा ३-० ले पराजित गरेपछि श्रीलंकाले वेस्टइन्डिज, बंगलादेश, इंग्ल्यान्ड र भारतसंग एकदिवसीय सिरिजमा हार बेहोरेको थियो।

आर.प्रेमदासा स्टेडियम कोलोम्बोमा सम्पन्न खेलमा श्रीलंकाले दिएको २४ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले ३० ओभरमा १२५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। उसको लागि हेनरिच क्लासेनले २२, जर्ज लिन्डेले १८ , एन्डीले फेलुक्वायोले १७ तथा कप्तान केशभ महाराजले १५ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले पहिलो ६ विकेट ५४ रनको स्कोरमै गुमाउन पुगेको थियो। त्यसपछि हेनरीच क्लासेन र एन्डीले फेलुक्वायोले ३६ रनको साझेदारी गरेता पनि त्यसपछि पुनः लगातार विकेट गुम्न पुग्यो। दशौँ विकेटको लागि केशभ महाराज र तब्रेज शाम्सीले २३ रनको साझेदारी गर्दै जितको अन्तर कम गरे।

श्रीलंकाको बलिंगमा डेब्यु गरेका अफ स्पिनर महेश थिक्सानाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा २१ वर्षीय बलरले १० ओभरमा ३७ रन खर्चिए। यस क्रममा उनले डेब्युको पहिलो बलमै विकेट लिंदै चौथो श्रीलंकन खेलाडी समेत बन्न पुगे। दुश्मन्था चमिरा र वानिन्दु हसरंगाले समान २ विकेट तथा प्रभिन जयबिक्रमा र चरिथ असलंकाले १/१ विकेट लिए।


यस अघि टस जितेर ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट क्षेतीमा २०३ रन बनाएको थियो। श्रीलंकाको लागि चरिथ असलंकाले सर्वाधिक ४७ र, धनन्जय डी सिल्भाले ३१ रन, दुस्मन्था चमिराले २९ रन बनाए। दक्षिण अफ्रिकाको बलिंगमा देब्रे हाते स्पिनर केशव महाराजले सर्वाधिक ३ विकेट ( १०-०-३८-३ ) लिए भने जर्ज लिंडे ( १०-१-३२-२ ) र तब्रेज शाम्सीले ( १०-०-३१-२ ) समान २ विकेट लिए। एडेन मारक्रम र वियान मुल्डरले १/१ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल श्रीलंकाले १४ रनले तथा दोश्रो खेल दक्षिण अफ्रीकाले ६७ रनले ( डीएलएस मेथड ) जितेको थियो। दुई देश बीच सेप्टेम्बर १० तारिख देखि तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy