खेलाडीको तलब निकासा गर्न क्यानले आईसीसीलाई खेलाडीहरुको सुची पठायो

नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ। आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको नाम पठाएको हो ।

यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो । आईसीसीले खेलाडीको सूची मागे पछि क्यानले सुची पठाएको हो ।

आईसीसीले पछिल्लो पटक गत वर्ष २०१९ फेब्रुअरीमा ( २०७५ माघ ) दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको थियो । आईसीसीले त्यसबेला राष्ट्रिय खेलकुद परिषदको खातामा एकमुस्ट १ करोड २७ लाख ८७ हजार रुपैयाँ जम्मा गरेपछि राखेपले तलब बाँडेको थियो। त्यस अघि २०१७ जुलाईमा राष्ट्रिय क्रिकेटरहरुले तलब बुझेका थिए।

खेलाडीलाई पारिश्रमिकका लागि यसअघि ‘ए’, ‘बि’ र ‘सी’ गरि तीन श्रेणीमा विभाजन गरेको थियो । त्यही अनुसार अन्तिम पटक २१ जना खेलाडीहरुलाई तलब दिईएको थियो। तिन वटै श्रेणीमा ७/७ जना खेलाडीहरु थिए। यो पटक आईसीसीले २२ खेलाडी र भिडियो एनालिस्ट रमन शिवाकोटीका लागि पारिश्रमिक पठाउन लागेको बताईएको छ।

International Cricket Council , Cricket Association of Nepal
अन्तिम पटक राष्ट्रिय क्रिकेटरहरुले २०१९ फेब्रुअरीमा तलब पाएका थिए

यस अघिको सम्झौताअनुसार ‘ए’ श्रेणीमा रहेका खेलाडीले जनही रु ३५ हजार, ‘बी’ श्रेणीमा रहेका खेलाडीले जनही रु २५ हजार तथा ‘सी’ श्रेणीमा रहेका खेलाडीले जनही रु १५ हजार पारिश्रमिक पाएका थिए। यो पटक तलब बढ्ने नबढ्ने थाहा भएको छैन।

२०१९ फेब्रुअरीमा एकमुस्ट २ वर्षको तलब आउदा खेलाडीहरुको ग्रेडिंग र मासिक तलब

ए श्रेणी ( मासिक रु. ३५ हजार ) – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, वसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरि , बि श्रेणी ( मासिक रु. २५ हजार ) – आरिफ शेख, करन केसी, ललित भण्डारी, अनिल शाह, रोहित पौडेल, ललित नारायण राजबंशी, शक्ति गौचन , सी श्रेणी ( मासिक रु. १५ हजार ) – सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, प्रदिप ऐरी र बिनोद भण्डारी

यो पटक वर्गीकरणबाट बाहिरिने र थपिन सक्ने खेलाडीहरु 

२०१९ जनवरी देखिको तलब आईसीसीले दिने हुँदा त्यसपछि नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीहरुलाई वर्गीकरणमा राखिनेछ भने २०१९ पछि राष्ट्रिय टिममा समावेश नभएका खेलाडीहरु बाहिर हुनेछन्।

Kushal Malla
युवा खेलाडीहरु कुशल मल्ल, पवन सर्राफ, अविनाश बोहरा,सन्दिप जोरा, इशान पाण्डे, राशिद खान नयाँ वर्गीकरणमा पर्न सक्नेछन्

त्यसैले यो पटक पछिल्लो वर्गीकरणमा रहेका शक्ति गौचन, ललित भण्डारी, अनिल शाह, सागर पुन, दिलिप नाथ, सुनिल धमला, किशोर महतो जस्ता खेलाडीहरुले २०१९ पछि राष्ट्रिय टिमको लागि नखेलेकोले नयाँ वर्गीकरणमा नरहने पक्का छ।

२०१९ पछि नेपालको लागि खेलेका खेलाडीहरु अविनाश बोहरा, पवन सर्राफ, सन्दिप जोरा, इशान पाण्डे, कुशल भुर्तेल, राजु रिजाल, राशिद खान, भुवन कार्की, कुशल मल्ल जस्ता खेलाडीहरु नयाँ वर्गीकरणमा पर्न सक्छन्।

२२ जना खेलाडीको सुची पठाईएकोले क्यानले संभवत २०१९ पछि नेपालको लागि सबैभन्दा थोरै खेल खेल्ने भुवन कार्की, कुशल भुर्तेल, राजु रिजाल र राशिद खान मध्ये १ खेलाडी वर्गीकरणमा पर्ने छैनन्। २०१९ पछि भुवन, राजु र राशिद खानले नेपालको लागि मात्र १ खेल खेलेका थिए। कुशल भुर्तेलले नेपालको लागि इमर्जिंग टिम्स कप इमर्जिंग टिम्स कप ( २३ वर्ष मुनिका खेलाडीहरु सहभागी हुने ) खेलेकोले उनि बाहिर हुनसक्ने सम्भावना छ। तर क्यानले कुन कुन खेलाडीलाई समावेश गरेको छ भन्ने कुरा अधिकारिक रुपमा बताएपछि मात्र थाहा हुनेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/rajasthan-punjab-prasthan-uae-wn20/

https://wicketnepal.com/cpl-t20-m3-report-wn20/





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]