मुख्यमन्त्री कप: पुरुष क्रिकेटको उपाधी प्रदेश २ लाई

  • विकेटनेपाल, चैत्र ३ – आइतबार

धनगढीमा जारि प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटको उपाधी प्रदेश २ ले जितेको छ। उसले प्रदेश ४ लाई ८ विकेटले पराजित गर्यो। ।। स्कोरकार्ड ।।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा गण्डकी प्रदेश (प्रदेश ४) ले दिएको ९१ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश २ ले १५.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य हासिल गर्यो।

प्रदेश २ लाई जिताउन ब्याटिंग तर्फ ओपनर हरिशंकर शाहले २१ रन तथा सुधिर चौधरीले ३४ रन बनाउंदै पहिलो विकेटको लागि ५६ रनको साझेदारी गरे। हरिशंकर शाह २४ बलमा २ चौका प्रहार गर्दै किशोर महतोको बलमा आउट भएका थिए।

दोश्रो विकेटको लागि सुधिर चौधरीले आउट हुनुअघि बिशाल सुलिंगसँग ३३ रनको साझेदारी गरे। चौधरीले ३९ बलको सामना गर्दा १ चौका र ३ छक्का हाने। ८९ रनको योगफलमा दोश्रो विकेट गुमेपछि बिशाल सुलिंग र कप्तान हसिम अन्सारीले अविजित ५ रनको साझेदारी गरे। सुलिंगले २४ बलमा ४ चौकाको मद्दतमा अविजित २६ रन बनाउँदा कप्तान अन्सारीले ६ बलमा १ चौका सहित ५ रन बनाए।

बलिंगतर्फ प्रदेश ४ का किशोर महतोले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिएभने सन्तोष न्यौपानेले १ ओभरमा नै १८ रन दिएर १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ४ ले १९.५ ओभरमा सबै विकेट गुमाएर ९० रन बनाएको थियो। उसका लागि अनिल गुरुङले सर्बाधिक २० रन, आकाश थापाले १८ रन र बिधान श्रेष्ठले अविजित ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बनाउन नसक्दा १० अतिरिक्त रन पाएको थियो।

प्रदेश ४ लाई सस्तैमा समेट्न प्रदेश २ का संसाद शेखले ३ विकेट लिनेक्रममा ४ ओभरमा १९ रन खर्चे। सन्जम रेग्मीले २ विकेट (४-०-९-२), दिब्यान्शु मल्लिक, हरिशंकर शाह र राहुल प्रताप सिंहले समान १/१ विकेट लिए।

प्रदेश १ का पुस्प थापा प्रतियोगिता कै उत्कृस्ट खेलाडी घोषित हुँदा, उत्कृस्ट ब्याट्सम्यान प्रदेश ७ का सन्जु दमाइ, उत्कृस्ट बलर प्रदेश ४ का बिपिन खत्री र उदाउँदो खेलाडी प्रदेश ७ का नरेन्द्र साउद घोषित भए।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]