नेपालमा पहिलो पटक हुन लागेको ‘क्रिकेट मेला’ को तयारि पुरा

  • विकेटनेपाल, माघ ४ – बिहिबार

नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘ग्राण्ड क्रिकेट कार्निभल’ अर्थात ‘क्रिकेटको मेला’ को तयारि पुरा भएको छ । माघ ५ र ६ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘ग्राण्ड क्रिकेट कार्निभल’ को आयोजना हुँदै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने कार्निभलमा क्रिकेट सम्बन्धित बिभिन्न जानकारीमुलक तथा मनोरन्जनात्मक गतिविधिहरु एकै ठाउँमा आयोजना हुनेछन्।

 

माघ ५ गते बिहान १० बजे रास्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्दै सुरुहुने कार्यक्रममा १०:३० बजे देखि नेपाली क्रिकेट यसका सम्भावना र चुनौती बिषयमा सेमिनार आयोजना हुनेछ भने कार्यक्रमको उद्घाटन समारोहमा क्रिकेट क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक जनालाई  मदन भण्डारी क्रिकेट सम्मान प्रदान गरिनेछ। यो सम्मान प्रत्येक बर्ष प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी गराएका छन् ।

त्यस्तै कार्यक्रममा ट्यालेन्ट हन्टको पनि आयोजना गरिने छ जसबाट उत्कृस्ट हुने १० जनालाई निशुल्क प्रशिक्षण, विभिन्न प्रतियोगितामा सहभागिता तथा खेलसामग्री प्रदान गरिने छ ।

साथै क्रिकेट सामग्री बिक्रि, क्रिकेट फोटो प्रदर्शनी, क्रिकेटकै वृत्तचित्र प्रदर्शनी, क्रिकेट सम्बन्धित फन गेम तथा बिभिन्न क्षेत्रका ब्यक्तिहरु बीच मैत्रीपूर्ण क्रिकेट, सम्मान वितरण, सांगीतिक कन्सर्ट लगायतका गतिविधिहरु हुने आयोजकले बताएका छन् ।

 

 

 

कार्निभललाई ५० हजार जनाले अवलोकन गराउने लक्ष्य लिएको एकेडेमीका क्रिकेट बिभागका संयोजक सुदिप शर्माले बताएका छन्।

के के हुनेछ कार्निभलमा ?

१. रास्ट्रिय खेलाडी, राजनिति कर्मी, कलाकार, पत्रकार, ब्यापारीहरु बीच प्रदर्शनी खेल
२. मदन भण्डारी क्रिकेट सम्मान
३. प्रतिभाको खोजि ( ट्यालेन्ट हन्ट )
४. क्रिकेट सम्बन्धि फोटो प्रदर्शनी
५. क्रिकेट सम्बन्धि वृतचित प्रदर्शनी
६. नेपाली क्रिकेटको बिगत, वर्तमान र भबिष्य बिषयक सेमिनार
७. नेपाली चर्चित कलाकारहरुबाट सांगीतिक कन्सर्ट
८. क्रिकेट सम्बन्धि बिभिन्न मनोरन्जनात्मक खेलहरु

सम्बन्धित:

नेपालमै पहिलो पटक ‘क्रिकेटको मेला’ लाग्ने , यस्ता छन् आकर्षण





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]