कप्तान परेराले शतक बनाउदा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

२०७८ जेष्ठ १४, शुक्रबार १६:३९

श्रीलंकाको बंगलादेश भ्रमण अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय ढाकामा सुरु भएको छ।

शेरे बंगला नेसनल स्टेडियम, ढाकामा टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट क्षेतीमा २८६ रन बनाउदै बंगलादेशलाई २८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकन ओपनर दनुश्का गुनथिलाका र कुशल परेराले ८२ रनको ओपनिंग साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। ३९ रन बनाएका गुनथिलाका र खाता नखोल्दै पथुम निसंकालाई तास्किन एहमदले १२ औं ओभरमा पेभेलियन फर्क्याए।

तेश्रो विकेटको लागि परेराले कुशल मेन्डिससंग ६९ रनको साझेदारी गरे। २२ रन बनाएका परेरालाई तास्किनले तेश्रो शिकार बनाए। त्यसपछि परेराले धनंजय डी सिल्भासंग ६५ रन जोडे।

कप्तान कुशल परेराले एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत छैठौं शतक बनाए

करियरको छैठौं शतक पुरा गरेका कप्तान कुशल परेरालाई ४० औं ओभरमा शोरिफुल इस्लामले क्याच आउट गराए। त्यस अघि परेराले १२२ बलमा ११ चौका र १ छक्का प्रहार गरे।

परेराको विकेटपछि डी सिल्भाले एक किनार सम्हाल्दै अन्तिमसम्म ब्याटिंग गरे। निरोशन डिकवेला ७ रन बनाएर रन आउट भएपछि उनले वानिन्दु हसरंगासंग छैठौं विकेटको लागि ३५ रन जोडे भने रमेश मेन्डिससंग सातौँ विकेटको लागि मात्र ११ बलमा २० रन जोडे।

डी सिल्भाले करियरको छैठौं अर्धशतक बनाउने क्रममा अविजित ५५ रन बनाए जुन क्रममा ७० बलमा ४ चौका प्रहार गरे। रमेश मेन्डिसले अविजित ८ रन बनाए।

श्रीलंकाको बलिंगमा दायाँ हाते पेसर तास्किन एहमदले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ९ ओभरमा ४६ रन खर्चिए। शोरिफुल इस्लामले १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल बंगलादेशले क्रमशः ३३ रन र १०३ रनले  ( डीएल मेथड ) जित्दै सिरिज २-० ले जितीसकेको छ। श्रीलंकालाई कुनै पनि फर्म्याटको सिरिजमा बंगलादेशले पराजित गरेको यो नै पहिलो अवसर हो।

धेरैले पढेको 

https://wicketnepal.com/jaba-nepal-2-ball-ma-jiteko-thyo/

https://wicketnepal.com/gayle-punaragaman-cpl-t20-wn21/

https://wicketnepal.com/sandeep-england-yatra-kathin-bandai-wn21/

https://wicketnepal.com/puma-sponsor-ryan-burl-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy