विलिले करियरकै उत्कृस्ट बलिंग गर्दा इंग्ल्यान्डको जित

आयरल्याण्डको इंग्ल्यान्ड भ्रमण अन्तर्गत तिन वानडे अन्तर्राष्ट्रियको सिरिज बिहिबार सुरु भएको छ। सिरिज अन्तर्गत पहिलो वानडेमा घरेलु टिम इंग्ल्यान्डले ६ विकेटको जित हात पारेको छ।

जितसंगै इंग्ल्यान्डले आईसीसी वर्ल्ड कप सुपर लिगमा पहिलो १० अंक बटुलेको छ। पढ्नुस के हो वर्ल्डकप सुपर लिग 

द रोज बल स्टेडियम साउथह्याम्पटनमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै आयरल्याण्डले दिएको १७३ रनको लक्ष्य इंग्ल्यान्डले ४ विकेट गुमाएर मात्र २७.५ ओभरमा पुरा गरेको हो।

लक्ष्य पछ्याउने क्रममा एक समय ७८ रनमा ४ विकेट गुमाईसकेको थियो। ओपनर जेसन रोय २४, जोनी बेयरस्टो २, जेम्स भिन्स २५ तथा टम बान्टन ११ रन बनाएर आउट हुनपुगे। पाँचौ विकेटको लागि स्याम बिलिंग्स र कप्तान ओएन मोर्गनले अविजित साझेदारी गर्दै टिमलाई जित दिलाए। दुवैले ९६ रनको साझेदारी गरे।

बिलिंग्सले अविजित ६७ रन बनाउने क्रममा ५४ बलमा ११ चौका प्रहार गरे भने मोर्गनले ४० बलमा ४ चौका र २ छक्का मद्दतले ३६ रन बनाए।


आयरल्याण्डको बलिंगमा क्रेग योंगले २ ( ८-०-५६-२ ) तथा एन्डी म्याकब्राइन र कर्टिस क्याम्फरले १/१ विकेट लिए।

विलिको करियरकै उत्कृस्ट बलिंग

टस हारेर ब्याटिंग गर्ने क्रममा अत्यन्त कमजोर सुरुवात गरेको आयरल्याण्डले पहिलो ५ विकेट २८ रनमै गुएको थियो।

आयरल्याण्डको लागि डेब्यु गरेका कर्टिस क्याम्फरले त्यसपछि एक किनार सम्हाल्दै आयरल्याण्डलाई सम्मानजनक अवस्थातर्फ पुर्याएका थिए। यस क्रममा उनले केभिन ओ ब्रायनसंग छैठौं विकेटको लागि ५१ रनको, आठौँ विकेटको लागि एन्डी म्याकबर्नीसंग ६६ रनको साझेदारी गरे।

सातौँ ओभरमा ब्याटिंग गर्न आएका क्याम्फरले ४५ औं ओभरसम्म अविजित रहँदै ब्याटिंग गरे। उनले ११८ बलको धैर्यतापूर्ण इनिंग खेल्ने क्रममा ४ चौका मद्दतले ५९ रन बनाए। नवौं नम्बरमा ब्याटिंग गरेका म्याकबर्नीले ४० रन बनाए। केभिन ओ ब्रायन र गेरेथ डेलानीले समान २२ रन बनाए।

इंग्ल्यान्डको बलिंगमा डेभिड विलिले ५ विकेट हात पारे। विलि ८.४ ओभरमा २ मेडन ओभर गर्दै ३० रन खर्चिए। वानडे करियरमा विलिले ५ विकेट लिएको यो पहिलो अवसर हो। विलि खेलको प्लेयर अफ द म्याच चुनिए। सकिब मोहम्मदले २ तथा आदील रशिद र टम कुरानले समान १/१ विकेट लिए।


सिरिज अन्तर्गत आगामी वानडे अगस्ट १ तारिक शनिवार तथा दोश्रो वानडे अगस्ट ४ तारिक मंगलबार खेलिनेछ। आयरसंगको सिरिज पछि इंग्ल्यान्डले पाकिस्तानसंग अगस्ट ५ देखि तिन वटा टेस्टको सिरिज खेल्नेछ। टेस्ट सिरिज पछि अगस्ट २८ बाट तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज हुनेछ।

ट्रेन्डिंग :-

“लकडाउनमा मानसिक रुपमा आफुलाई बलियो बनाएँ” सन्दिप लामिछाने ( अन्तर्वार्ता )

टेस्ट वरियतामा ब्रडको ७ स्थानको फड्को, को कति नम्बरमा छन्

ग्राउन्डस्टाफहरुको पिडामा सन्दिपको मलम, १ लाख रुपैयाँ सहयोग





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]