रुट र वोक्स चम्किँदा इंग्ल्यान्ड विजयी

२०७८ असार १५, मंगलवार २२:१७

पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै घरेलु टोलि इंग्ल्यान्डले तीन खेलको सिरिज १-० ले अग्रता लिएको छ।

चेस्टर ले स्ट्रिट स्थित रिभरसाइड मैदानमा सम्पन्न खेलमा श्रीलंकाले दिएको १८६ रनको लक्ष्य इंग्ल्यान्डले  ५ विकेट गुमाएर ३४.५ ओभरमै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा इंगलिस ओपनर जोनी बेयरस्टो र लियाम लिभिंगस्टोनले ५४ रनको साझेदारी गरे। पाँचौ ओभरमा ९ रन बनाएका लिभिंगस्टोनलाई चमिका करुनारत्नेले क्याच आउट गर्दै श्रीलंकालाई खेलमा फर्काए। २१ बलमा ६ चौका र १ छक्का मद्दतले ४३ रन बनाएका बेयरस्टो पनि लगत्तै ओभरमा बिनुरा फर्नान्डोबाट बोल्ड भए। ओएन मोर्गन ६ रन तथा स्याम बिलिंग्स ३ रन बनाएर दुश्मन्था चमिराबाट क्याच आउट हुन् पुग्दा इंग्ल्यान्ड ८०/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि जो रुट र मोईन अलिले ९२ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। २८ रन बनाएका अलिलाई ३२ औं ओभरमा चमिराले बोल्ड गरे। त्यसपछि रुट र स्याम करनले टिमलाई जितसम्म डोर्याए।

करियरको ३४ औं अर्धशतक बनाएका रुटले अविजित ७९ रन बनाए जुन क्रममा ८७ बलमा ४ चौका प्रहार गरे। करनले अविजित ९ रन बनाए।

श्रीलंकाको बलिंगमा दुश्मन्था चमिराले सर्वाधिक ३ विकेट ( ८-०-५०-३ ) तथा बिनुरा फर्नान्डो र चमिका करुनारत्नेले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ४२.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८५ रन बनाएको थियो।

श्रीलंकाको ब्याटिंगमा कप्तान कुशल परेराले सर्वाधिक ७३ रन, वानिन्दु हसरंगाले ५४ रन तथा चमिका करुनारत्नेले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। परेराले ८१ बलमा ७ चौका तथा हसरंगाले ६५ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

४६ रनमा पहिलो ३ विकेट गुमाएको अवस्थामा परेरा र हसरंगाले चौथो विकेटको लागि ९९ रनको साझेदारी गरेका थिए। त्यस बाहेक खेलमा अर्को ठूलो साझेदारी बन्न सकेन।

क्रिस वोक्सले मात्र १८ रन खर्चेर ४ विकेट लिए

इंग्ल्यान्डको बलिंगमा दायाँ हाते पेसर क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभर बलिंग गर्दै ५ मेडन ओभर गरेका हुन् मात्र १८ रन खर्चिए। यस्तै देब्रे हाते पेसर डेभिड विलेले ३ विकेट ( १०-१-४४-३ ) लिंदा मोइन अलिले १ विकेट ( २-०-५-१ ) लिए।

सिरिज अन्तर्गत दोश्रो खेल जुलाई १ तारिखमा तथा तेश्रो खेल जुलाई ४ तारिखमा खेलिनेछ। दुई देश बीच यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिजमा श्रीलंका ३-० ले पराजित भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy