अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

२०८१ बैशाख २२, शनिबार १३:५९

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

वेस्ट इन्डिजका लागि एलिक अथानाजेले २९ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । कप्तान रोस्टन चेसले २३ बलमा ५ चौकाको सहयोगमा ३३ रन बनाए ।

ओपनर जोनसन चार्ल्सले २० बलमा २ चौका र २ छक्काको सहयोगमा २४ बनाए । म्याथ्यु फोर्डले १२ बलमा ३ छक्काको सहयोगमा २३ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy