अभ्यास खेलमा नेपालको कमजोर प्रदर्शन

श्रीलंका भ्रमण अन्तर्गत १५ दिने हाई परफरमेन्स क्याम्पमा रहेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा बलमफिल्ड क्रिकेट क्लबसंग ६ विकेटले पराजित भएको छ।

स्कोरकार्ड 

ब्लुमफिल्ड क्रिकेट क्लबको मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य ब्लुमफिल्डले मात्र २४.३ ओभरमा ४ विकेट गुमाएर भेटायो।

ब्लुमफिल्डका ओपनर हसिथा बोयागोडाले मात्र ५३ बलमा ७ चौका र ७ छक्का मद्दतले सर्वाधिक ९० रन बनाए। अशान फर्नान्डोले अविजित ५६ रन बनाए। नेपालको बलिंगमा देब्रे हाते स्पिनर सुर्य तामांग र प्रतिश जिसीले २/२ विकेट लिए। तामांगले ६ ओभरमा १ मेडन ओभर गर्दै १७ रन खर्चिए भने प्रतिशले ४ ओभरमा १४ रन खर्चिए।

टस जितेर ब्याटिंग गरेको नेपालले पुरै ४५ ओभर ब्याटिंग गर्न सकेन। ४३.४ ओभरमा नेपाल १९७ रनमा समेटियो।

नेपालको ब्याटिंगमा ओपनर अर्जुन साउदले सर्वाधिक ७९ रन बनाए जुन क्रममा ११३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सन्दिप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, करन केसीले ११ तथा पवन सर्राफले १० रन बनाए। गुल्सन झा ९ तथा कुशल मल्ल ३ रन बनाएर आउट भए।

ब्लुमफिल्डको बलिंगमा मालिन्डा परेरा, दिनेथ समरविरा, निमेष थारिदु र असिथा वानीनायकेले समान २ विकेट लिए।

भ्रमण अन्तर्गत नेपालले आगामी खेल शुक्रबार तामिल युनिननसंग खेल्नेछ। खेल आर प्रेमदाशा स्टेडियममा १० बजे सुरु हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy