अभ्यास खेलमा नेपालको कमजोर प्रदर्शन

श्रीलंका भ्रमण अन्तर्गत १५ दिने हाई परफरमेन्स क्याम्पमा रहेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा बलमफिल्ड क्रिकेट क्लबसंग ६ विकेटले पराजित भएको छ।

स्कोरकार्ड 

ब्लुमफिल्ड क्रिकेट क्लबको मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य ब्लुमफिल्डले मात्र २४.३ ओभरमा ४ विकेट गुमाएर भेटायो।

ब्लुमफिल्डका ओपनर हसिथा बोयागोडाले मात्र ५३ बलमा ७ चौका र ७ छक्का मद्दतले सर्वाधिक ९० रन बनाए। अशान फर्नान्डोले अविजित ५६ रन बनाए। नेपालको बलिंगमा देब्रे हाते स्पिनर सुर्य तामांग र प्रतिश जिसीले २/२ विकेट लिए। तामांगले ६ ओभरमा १ मेडन ओभर गर्दै १७ रन खर्चिए भने प्रतिशले ४ ओभरमा १४ रन खर्चिए।

टस जितेर ब्याटिंग गरेको नेपालले पुरै ४५ ओभर ब्याटिंग गर्न सकेन। ४३.४ ओभरमा नेपाल १९७ रनमा समेटियो।

नेपालको ब्याटिंगमा ओपनर अर्जुन साउदले सर्वाधिक ७९ रन बनाए जुन क्रममा ११३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सन्दिप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, करन केसीले ११ तथा पवन सर्राफले १० रन बनाए। गुल्सन झा ९ तथा कुशल मल्ल ३ रन बनाएर आउट भए।

ब्लुमफिल्डको बलिंगमा मालिन्डा परेरा, दिनेथ समरविरा, निमेष थारिदु र असिथा वानीनायकेले समान २ विकेट लिए।

भ्रमण अन्तर्गत नेपालले आगामी खेल शुक्रबार तामिल युनिननसंग खेल्नेछ। खेल आर प्रेमदाशा स्टेडियममा १० बजे सुरु हुनेछ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]