ललितपुरको स्पिनर चम्किदा काठमाडौँको कमजोर ब्याटिंग

Sunny Patel, Gyanendra Malla
  • विकेटनेपाल, पौष-३ , मंगलबार 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत पहिलो क्वालिफायर खेलमा ललितपुर प्याट्रीएट्स र काठमाडौँ किंग्स-११ प्रतिस्पर्धा गरिरहेका छन्। खेलको विजेता सिधा फाइनल प्रवेश गर्नेछ भने हार्ने टिमले भैरहवा ग्ल्याडीएटर्स र चितवन टाइगर्स बीच खेलिने इलिमिनेटरको विजेतासंग दोश्रो क्वालीफायर खेल्न पाउनेछ जुन खेलको विजेता फाइनल पुग्नेछ।

खेलमा टस हारेर ब्याटिंग गरेको काठमाडौँ किंग्स-११ ले १९.५ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको छ।

टस हारेर ब्याटिंग गरेको काठमाडौँ किंग्स ११ ले ओपनर अमित श्रेष्ठ ( ९ रन ) लाई चौथो ओभरमा गुमाए पनि अर्को किनारमा रोहण मुस्तफाले आक्रामक ब्याटिंग गरे। अमित पवन सर्राफको बलमा सन्दिप जोराबाट समातिन पुगे।

खतरनाक सावित हुँदै गाएका कप्तान मुस्तफा सातौँ ओभरमा रन आउट हुन पुगे। २० बलमा २ छक्का र ३ चौका प्रहार गरेका उनलाई कुशल भुर्तेलले रन आउट गरे। मुस्तफाको विकेट लगतै आठौँ ओभरमा ललित राजबंशीको बलमा केभिन ओ ब्रायन ( १ रन ) स्विप गर्न खोज्दा विकेट किपरको हातबाट समातिन पुगे।

Pawan Sarraf
Pawan Sarraf ( Photo – Lalitpur Patriots , Facebook )

काठमाडौँको मुस्किल अझ बढाउन नरेश बुढायर ( १ रन ) पनि दशौँ ओभरमा पवन सर्राफबाट एलबिडब्लु हुन पुगे। त्यसै ओभरमा राजु रिजाल पनि जोराको हातबाट खाता नखोल्दै क्याच समातिन पुग्दा काठमाडौँ १० ओभरमा ६१/५ को नाजुक अवस्थामा पुग्यो।

त्यसपछि पनि काठमाडौँको विकेट जाने शिलशिला रोकिएन। १६ रन बनाएका सिद्धान्त लोहनीलाई १६ औं ओभरमा सन्नी पटेलले गुग्लिमा बोल्ड गरे। त्यसपछि प्रदिप साहु ( ९ रन ) लाई पनि योगेन्द्र सिंह कार्कीले क्याच आउट गराए गराए।

तेश्रो नम्बरमा ब्याटिंग गर्दै धैर्यता देखाएका सागर पुन पनि २९ रनको व्यक्तिगत स्कोरमा १९ औं ओभरमा सन्नी पटेलको बलमा विकेटकिपर कोल्सावालाबाट क्याच समातिन पुगे। पुनले ३० बलमा १ छक्का र १ चौका प्रहार गरे। त्यसपछि बिक्रम भुसाल ( २ रन ) र जितेन्द्र मुखिया ( ० ) ले पनि विकेट काठमाडौँले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०८ रन बनायो।

Sunny Patel
Sunny Patel ( Photo – Lalit Patriots Facebook )

ललितपुरको बलिङ्गमा पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले ३/३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन गर्दै १३ रन मात्रै खर्चिए। योगेन्द्रले २.५ ओभरमा १८ रन खर्चिए। यस्तै सन्नी पटेलले २ विकेट लिन ४ ओभरमा १८ रन खर्चिए। ललित राजबंशी ( ४-१-२३-१ ) ले १ विकेट लिए।

खेलमा काठमाडौँका कप्तान सोमपाल कामि एङ्कलको चोटको कारण खेलीरहेका छैनन् जसको सट्टा रोहन मुस्तफाले कप्तानी गरिरहेका छन्। काठमाडौँले प्लेयिंग ११ मा अल-राउण्डर अमर सिंह रौटेलाको सट्टा देब्रे हाते स्पिनर संसाद शेखलाई खेलाएको छ भने ललितपुरले तिब्र गति बलर राशिद खानको सट्टा देब्रे हाते स्पिनर सुर्य तामांगलाई पहिलो पटक मौका दिएको छ। तामांगले यु-१६ र यु-१९ नेपाली टिमको लागि खेलीरहेका छन्।

ललितपुर प्याट्रीएट्स प्लेयिंग ११ –  ज्ञानेन्द्र मल्ल ( कप्तान ) , सुर्य तामांग, ललित राजबंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, सन्दिप जोरा, योगेन्द्र कार्की, सन्नी पटेल, जय किशन कोल्सावाला, गौरभ तोमर

काठमाडौँ प्लेयिंग ११ – जितेन्द्र मुखिया , सागर पुन, नरेश बुढायर, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, सिद्धान्त लोहनी , बिक्रम भुसाल, रोहन मुस्तफा ( कप्तान ) , केभिन ओ ब्रायन,  प्रदिप साहु





थप समाचार

नेपाल डिपि लिमिटेड र लुम्बिनी लायन्सबीच सम्झौता

नेपाल डिपि लिमिटेडले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड […]

८ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ […]

यु-१९ एसिया कप : लगातार दोश्रो हार पछि नेपालको सेमीफाइनल सम्भावना समाप्त

युएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल […]

एनपीएल : उद्घाटन खेलमा सन्दिपको टिम बिराटनगर जनकपुरसंग ८ विकेटले पराजित

नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा अनिल शाह कप्तानीको जनकपुर बोल्ट्सले विजयी सुरुवात गर्ने क्रममा सन्दिप लामिछाने कप्तानीको टिम बिराटनगर किंग्सलाई […]

शिखर धवन भन्छन्ः ‘एनपिएलमा स्थानीय खेलाडीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छु’

काठमाडौं । कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आईपुगेका स्टार भारतीय क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न […]

लुम्बिनी लायन्स र रिलायन्स फाइनान्स बीच प्रायोजन सम्झौता

नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक, रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको […]