करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत पहिलो सेमीफाइनलमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गरिरहेको छ। प्रतियोगिताको लिग चरणमा ट्रिनबागो अंकतालिकामा १० खेलमा अपराजित रहँदै पहिलो स्थानमा तथा जमैका १० खेलमा ३ जित हात पार्दै चौथो स्थानमा रहेर सेमीफाइनलमा स्थान बनाएको थियो।
खेलमा टस जितेर ट्रिनबागोले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन मात्र बनाएपछि ट्रिनबागोले १०८ रनको लक्ष्य पाएको छ।
अत्यन्त खराब सुरुवात गरेको जमैकाले पहिलो ४ विकेट २५ रनको योगफलमा गुमाएको थियो। ओपनर जर्माइन ब्ल्याकवुडलाई बायाँ हाते स्पिनर अकिल होसेनले पहिलो ओभरमा खाता नखोल्दै बोल्ड गरे। लगत्तै दोश्रो ओभरमा प्रतियोगिताकै सर्वाधिक रनकर्ता अर्का ओपनर ग्लेन फिलिप्सलाई खरी पीएरेले क्याच आउट गराए। त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गर्न पठाइएका मुजिब उर् रहमान खाता नखोली तेश्रो ओभरमा हुसेनबाट क्याच आउट भए। चौथो ओभरमा आसिफ अलि ४ रन बनाएर हुसेनको तेश्रो शिकार बने।

पाँचौ विकेटको लागि क्रुमाह बोनर र कप्तान रोभम्यान पावेलले ३८ रनको साझेदारी गरे। ४२ बलमा ५ चौका प्रहार गर्दै ४१ रन बनाएका बोनरलाई लेग स्पिनर फवाद एहमदले बोल्ड गरे। त्यस पछि मात्र २ रन बनाएका आन्द्रे रसेललाई सुनिल नारायणले क्याच आउट गराए। तर रिप्लेमा हेर्दा रसेलको ब्याटमा बलले नछोएको देखिएको थियो। आउट हुँदा रसेलले मैदानमा असन्तुष्टि व्यक्त गरेका थिए।
रसेलको विकेटपछि कप्तान पावेल र कार्लोस ब्राथवेटले २४ रनको साझेदारी गरे। ३५ बलमा १ चौका र १ छक्का मद्दतले ३३ रन बनाएर पावेल १८ औं ओभरमा पीएरेको दोश्रो शिकार भए।
आठौँ विकेटको लागि ब्राथवेट र भिरासामी परमौलले अविजित १५ रनको साझेदारी गरे। ब्राथवेटले २० बलमा १ छक्का मद्दतले १३ रन तथा परमौलले ३ रन बनाए।

ट्रिनबागोको बलिंगमा अकेल होसेनले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन गर्दै १४ रन मात्र खर्चिए। खरी पीएरेले २ विकेट ( ४-०-२९-२ ) तथा सुनिल नारायण ( ४-१-१३-१ ) र फवाद एहमद ( ४-०-२९-१ ) ले समान १/१ विकेट लिए।
लिग अन्तर्गत दोश्रो सेमीफाइनल बुधबार बिहान सेन्ट लुसिया जुक्स र गायना अमेजन वारियर्स बीच खेलिनेछ।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/yuvraj-might-play-big-bash-wn20/
https://wicketnepal.com/10-players-ipl-orange-cap-wn20/
https://wicketnepal.com/stokes-le-suruwati-khel-gumaune-ipl-wn20/
https://wicketnepal.com/ipl-orange-cap-9-players/
https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/
https://wicketnepal.com/lpl-t20-in-november-announc-wn20/