- विकेटनेपाल, माघ ९ – मंगलबार
राजबिराजको राजरंगशालामा गत मंगलवारदेखि संचालन भएको पहिलो अम्पाएर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाईनलमा पाशकल इन्सटिटूटले लायन्स एकेडेमीलाई ६ रनले पराजित गर्दै उपाधि माथी कब्जा गरेको छ ।
टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै पाशकलले निर्धारित ३० ओभरको खेलमा पाशकलले ९ बिकेटको नोक्सानीमा १ सय ७४ रनको योगफल तयार पारेका थिए । पाशकलका लागि रितेश माझीले उत्कृष्ट ब्याटिंग गर्दै ४६ बलमा ९ चौक्का र १ छक्काको मद्धतले ५७ रनको योगदान दिएका थिए भने अन्य ब्याटसम्यानमा रोहित सिंहले ३६, उपेन्द्र यादव १७ तथा राहुल मण्डलले १६ रनको योगदान दिएका थिए । बलिंगतर्फ लायन्सका मुना साह र शम्भुनन्द खडगाले सामान २ विकेट तथा निकु मण्डल, छोटु मण्डल तथा बिकास झाले सामान १ बिकेट लिएका थिए ।
१ सय ७५ रनको लक्ष्य लिई मैदानमा ओर्लेको लायन्सका पवन दासले उत्कृष्ट ब्याटिंग गरेता पनी लायन्सलाई जित दिलाउन सकेका थिएन। लायन्सले ३० ओभरमा ७ बिकेटको नोक्सानीमा १ सय ६८ रनमात्र जोडन सकेपछि झिनो अन्तरले पराजित हुन पुगेको थियो। पवन दासले ७४ बलमा ६ चौकका र २ छक्काको मद्धतले ७६ रनको योगदान दिएका थिए भने अन्य ब्याटसम्यानमा शम्भुनन्द खडकाले ३८ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन।
बलिंगतर्फ पाशकलका मायानन्द चौधरीले उत्कृष्ट बलिंग गर्दै ६ ओभरमा १९ रन दिई ३ विकेट लिएका थिए भने अन्य बलरमा रोबिन सिंहले २ तथा श्रवण यादव र आनन्द ईसरले सामान १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच पाशकल इन्सटिटूटका रितेश माझीलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट ब्याटसम्यान फुलवारी एकेडेमी सुनसरीका अफजल हुसैन, बेष्ट बौलर सप्तरी सुपर किंगका प्रमोद रजक, बेष्ट फिल्डर युथ क्रिकेट एकेडेमीका आशिष झा, बेष्ट बिकेट किपर सप्तरी सुपर किंगका आशिष मण्डल तथा म्यान अफ द सिरिज युथ क्रिकेट एकेडेमीका बिवेक यादवलाई समापन कार्यक्रमका अध्यक्ष तथा अम्पाएर संघका अध्यक्ष निरज सिंह, प्रमुख अतिथी शिब्स ईन्टरनेश्नलका प्रोपोराईटर नरेश प्रताप साह, नेश्नल प्याबशनका अध्यक्ष बौकु साह, सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरी, उपाध्यक्ष सचेन्द्र प्रसाद यादव, सचिव आयुश श्रेष्ठ, सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादव, सदस्य अनवर अली लगायतले ट्रफी तथा प्रमाण पत्र बित्तरण गरेका थिए।
कार्यक्रमको संचालन बरिष्ठ क्रिकेटर सुरेन्द्र नाथ सिंह तथा अम्पाएर संघका सदस्य शम्भु दासले संयुक्त रुपमा संचालन गरेका थिए । समापन कार्यक्रममै आयोजकद्धारा २०४५ मा कास्य पदक बिजेता सप्तरीका राष्ट्रिय टोलीका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।