टि-२० विश्वकप ग्लोबल छनोट भोलि देखि ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

यही फेब्रुअरी १८ तारिख देखि २४ तारिखसम्म ओमानमा टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट ( ए ) प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल सहित कुल ८ टोलि सहभागी छन्। प्रतियोगिता बारे सम्पूर्ण जानकारी एकै ठाउँमा प्रस्तुत गरेका छौँ –

२०२२ टि-२० विश्वकपमा कति टिम छनोट हुन बाँकी छ ? अस्ट्रेलियामा यो वर्ष अक्टोबर १६ तारिख देखि २०२२ टि-२० विश्वकप आयोजना हुँदैछ। उक्त विश्वकपको लागि १२ टिम छनोट भैसकेका छन् भने ४ वटा टिम ग्लोबल छनोट प्रतियोगिताबाट छनोट हुनेछ। ओमानमा ग्लोबल छनोट ( ए ) बाट दुई टिम तथा जिम्बाब्वेमा जुलाईमा हुने ग्लोबल छनोट ( बि ) बाट दुई टिम छनोट हुनेछ।

नेपाल विश्वकपमा पुग्न के गर्नुपर्छ ?
 ओमानमा शुक्रबार देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनोटको फाइनलमा स्थान बनाएको खण्डमा नेपाल टि-ट्वान्टी विश्वकप छनोट हुनेछ। फाइनल पुग्ने दुई टिमले २०२२ टि-२० विश्वकप खेल्न पाउनेछ।

प्रतियोगिताको फर्म्याट : सहभागी ८ टिमलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमहरुले एक-अर्कासंग खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल पुग्नेछ। सेमीफाइनलमा समुह ‘ए’ को विजेताले समुह ‘बि’ को उपविजेतासंग तथा समुह ‘बि’ को विजेताले समुह ‘ए’ को उपविजेतासंग खेल्नेछ। सेमीफाइनल खेल जित्ने दुई टिम फाइनलको साथै टि-२० विश्वकप २०२२ समेत छनोट हुनेछ।

प्रतियोगितामा सहभागी टिमहरु : नेपाल, ओमान, फिलिपिन्स, क्यानडा , बहराईन, जर्मनी, आयरल्याण्ड, युएई

समुह बिभाजन : समुह ‘ए’ – बहराईन, जर्मनी, आयरल्याण्ड, युएई , समुह बि – नेपाल, ओमान, फिलिपिन्स, क्यानडा

नेपालको खेल तालिका :

फेब्रुअरी १८ तारिख – बिरुद्ध ओमान ( नेपाली समय ११:४५ बजे बिहान )
फेब्रुअरी १९ तारिख – बिरुद्ध फिलिपिन्स ( नेपाली समय ११:४५ बजे बिहान )
फेब्रुअरी २१ तारिख – बिरुद्ध क्यानडा ( नेपाली समय ३:४५ बजे दिउँसो )

कहाँ हेर्ने लाइभ ? खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ। विदेशमा ICC.tv तथा फ्यानकोड एपबाट प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।

नेपाल सहित अन्य सहभागी आईसीसी टि-२० अन्तर्राष्ट्रिय वरियता कति छ
 – नेपाल ( १३ ) , युएई ( १२ ) , आयरल्याण्ड ( १५ ) , ओमान ( १८ ) , क्यानडा ( २२ ), जर्मनी ( ३३ ) , बहराईन ( ३४ ) , फिलिपिन्स ( ४६ )

नेपाली टिम : सन्दिप लामिछाने ( कप्तान ) , शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी, बिबेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा

क्यानडा टिम : नभनित धलिवाल ( कप्तान ) , रायन पठान, म्याट स्पुर्स, हर्ष थाकर, रभिन्दरपाल सिंह, साद जाफर, हम्जा तारिक, श्रेयस मोभा, सलमान नजर, जुनैद सिद्दिकी, रिशिभ जोशी, दिलोन हेलिगर, जतिंदर पाल मथारु, कलिम साना

ओमान टिम : जिशन मक्सुद ( कप्तान ), अमिर कलिम, मुहम्मद नसिम, जतिंदर सिंह, खवर अलि, मुहम्मद नदीम, आयान खान, सन्दिप गौड, कश्यप प्रजापति, कलेमुल्लाह, बिलाल खान, फयाज बट, शोयब खान र खुर्रम खान

फिलिपिन्स टिम : जोनाथन हिल ( कप्तान ) , ड्यान स्मिथ, हेनरी टाईलर, ग्रान्ट रस, रिची गुडविन, जोर्डन एलेग्रा, सचिन बिडप्पा, विमल कुमार, सिभ मोहन, हुजेफा मुहम्मद, गुरभुपिंदर चोहान, मुजामिल शहजाद, मिगी पोडोस्की, हेर्न इसोरेना





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]