ऋतु र लक्ष्मी चम्किंदा सुदूरपश्चिमको जित

ललितपुर मेयर्स-११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

प्रतियोगिताको टियु मैदानमा सम्पन्न उद्घाटन खेलमा सुदूरपश्चिमले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुर मेयर्स-११ ले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा ८५ रन मात्र बनाउन सक्यो।

ललितपुरको ब्याटिंगमा कप्तान सरस्वति चौधरीले सर्वाधिक २६ रन, साना प्रविनले १५ तथा कन्चन श्रेठले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमको बलिंगमा लक्ष्मी साउदले तिन विकेट ( ४-०-३३-३ ), कविता कुँवरले दुई विकेट ( ४-१-५-२ ) हात पारा इश्वरी बिस्ट र सम्झना खड्काले समान एक विकेट लिए।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ५ विकेट क्षेतीमा १४३ रन बनाएको थियो। उसको लागि कप्तान ऋतु कनोजियाले मात्र २९ बलमा ६ चौका मद्दतले सर्वाधिक ४२ रन योगदान दिईन्। रेवती धामीले २९, बिन्दु रावलले २८ तथा डली भट्टले २५ रन योगदान दिए। रेवती र बिन्दुले ५३ रनको ओपनिंग साझेदारीतथा तेश्रो विकेटको लागि ऋतु र डली बीच ६४ रनको साझेदारी गरे।

ललितपुरको बलिंगमा खुसि डंगोलले दुई विकेट हात पार्दा अश्मिना कर्माचार्य, आरति बिडारि र अनुराधा चौधरीले समान एक विकेट लिए।

आजको दोश्रो खेलमा एपीएफ र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, एपीएफ, लुम्बिनी प्रदेश, प्रदेश-१ र ललितपुर मेयर्स-११ गरि पाँच टोलि सहभागी छन्।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]