IPL : चेन्नाईलाई अर्को झट्का, चाहर पछि अर्को खेलाडीलाई पनि कोरोना

आईपीएल टिम चेन्नाई सुपर किंग्सका ठूला खेलाडी सुरेश रैना व्यक्तिगत कारण देखाउदै प्रतियोगिता नखेल्ने समाचार पछि शनिवारनै अर्को अप्रिय समाचार आएको छ। टिमका अर्का खेलाडीको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

भारतीय मिडियाहरुका अनुसार चेन्नाईका माथिल्लो क्रमका ब्याट्सम्यानलाई कोरोना संक्रमण देखिएको हो। उक्त खेलाडीको नाम सार्वजनिक गरिएको छैन तर उनले भारत ‘ए’ टिमको लागि खेलीसकेको र रन्जी ट्रफीमा उत्कृस्ट प्रदर्शन गरेको उल्लेख गरिएको छ। केहि भारतीय मिडियाले संक्रमित दोश्रो खेलाडी २३ वर्षीय ऋतुराज गायकवाड भएको बताए पनि आईपीएल र चेन्नाईले त्यसको पुस्टि गरेको छैन।

दिपक चाहर र ऋतुराज गायकवाडलाई कोरोना देखिएको भारतीय मिडियाले दावी गरेको छ

शुक्रबार टिमका तिब्र गति बलर दिपक चाहरको पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएको भारतीय मिडियाहरुले दावी गरेका छन्। उनिसंगै टिमको सपोर्ट स्टाफ, पदाधिकारीहरु तथा सोसल मिडिया टिमका सदस्य गरि १२ जनाको रिपोर्ट पोजेटिभ आएको बताईएको थियो। कोरोना पोजेटिभ देखिएका सबैजनाको पुनः ३ पटक परिक्षण गरिनेछ जसमा नेगेटिभ आएपछि मात्र उनिहरु अभ्यास र प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

रैनाले आईपीएल नखेल्ने 

शनिवार युएईबाट भारत प्रस्थान गरेका रैनाले प्रतियोगिता नखेल्ने हुँदा टिमलाई ठूलो नोक्सान हुने देखिएको छ भने खेलाडीहरु पनि कोरोना संक्रमित भएपछि अब टिम सेप्टेम्बर १ सम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ। रैनाले शनिवार बेलुका आफु भारत फर्किनुको कारण सार्वजनिक गर्ने बताईएको छ। ३३ वर्षीय खेलाडीले यसै महिनाको सुरुवातमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।

महेन्द्र सिंह धोनीको टिम चेन्नाईका प्रमुख ब्याट्सम्यान रैना आईपीएल इतिहासकै दोश्रो सर्वाधिक रनकर्ता हुन्। उनले १९३ खेल खेल्ने क्रममा ५ हजार ३ सय ६८ रन बनाएका छन्। बिराट कोहली ( ५४१२ ) पछि लिगमा ५ हजार रन पुरा गर्ने रैना दोश्रो ब्याट्सम्यान हुन्।

“सुरेश रैना व्यक्तिगत कारणले भारत फर्किएका छन् र उनि पुरा सिजन आईपीएलको लागि उपलब्ध हुने छैनन्। चेन्नाई सुपर किंग्सले उनि र उनको परिवारलाई यो समयमा पुरा साथ दिनेछ।”  चेन्नाईले ट्वीट गरेको छ।


चेन्नाई सुपर किंग्स टिम अगस्ट २१ तारिकमा युएई पुगेको थियो जसपछि अनिवार्य ६ दिन क्वारेन्टाइनमा बसेको थियो। शुक्रबार देखि चेन्नाई अभ्यास सुरु गर्ने योजनामा थियो। युएईमा अभ्यास सुरु गर्ने चेन्न्नाई अन्तिम टिम हुनेछ। आईपीएलमा सहभागी हुन युएई पुगेका केहि टिमले अभ्यास सुरु गरिसकेका छन् भने अन्य टिमहरुले पनि छिट्टै अभ्यास सुरु गर्दैछ। सन्दिप लामिछाने आवद्ध रहेको टिम दिल्ली क्यापिटल्सले शनिवारबाट अभ्यास सुरु गर्दैछ।

आईपीएल २०२० मा चेन्नाई टिम :- महेन्द्र सिंह धोनी, अंबाती राएडु, सुरेश रैना, दीपक चाहार, हरभजन सिंह, रवींद्र जडेजा, शेन वाटसन, फाफ डुप्लेसिस, केएम आसिफ, ड्वेन ब्राभो, इमरान ताहिर, जगदीशन नारायण, कर्न शर्मा, केदार जाधव, लुंगी एन्गिडि, मिचेल स्यान्टनर, मोनू सिंह, मुरली विजय, रितुराज गायकवाड़, शार्दुल ठाकुर, स्याम करन, पीयुष चावला, जोश हेजलवुड र साइ किशोर।

यो पनि पढ्नुस :-

CPL T20 : सन्दिपको जमैकाको छैठौं खेल सेन्ट किट्स बिरुद्ध

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

IPL : दिल्लीले भित्र्याएको अस्ट्रेलियन बलर जसको नाममा छ बिग ब्यास लिगको २ ठुलो रेकर्ड

आफैले हानेको छक्काले ओ’ ब्रायनको कारको शिशा फुटेपछि

कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वर्ष पुरा, उनले बनाएका २० किर्तिमान

११ चर्चित भारतीय क्रिकेटर जसले विदाई खेल नखेली सन्यास लिए





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]