दुई दिनमै सकियो भारत-इंग्ल्यान्ड टेस्ट, यस्ता बने कीर्तिमान

२०७७ फाल्गुन १३, बिहीबार २०:५१

तेश्रो टेस्टमा इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्दै भारतले ४ टेस्टको सिरिजमा २-१ को अग्रता हाँसिल गरेको छ। जितसंगै भारत टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ जसले आगामी टेस्ट जित्ने हो या बराबरी गर्ने हो भने फाइनल पुग्नेछ।

टेस्टको दोश्रो दिन ९९/३ को अवस्थामा ब्याटिंग सुरु गरेको भारतको इनिंग्स १४५ रनमा समेटिन पुग्यो। उसको लागि ओपनर रोहित शर्माले ६६, कप्तान बिराट कोहलीले २७ रन, रभीचन्द्रन आश्विनले १७ रन तथा शुबमन गिलले ११ रन बनाए। इंग्ल्यान्डको बलिंगमा कप्तान जो रुटले सर्वाधिक ५ विकेट ( ६.२-३-८-५ ), ज्याक लिचले ४ विकेट ( २०-२-५४-४ ) तथा जोफ्रा आर्चरले १ विकेट लिए।

पहिलो इनिंग्समा ३३ रनले पछि परेको इंग्ल्यान्डले दोश्रो इनिंग्समा ३०.४ ओभरमा ८१ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो। उसको लागि बेन स्टोक्सले सर्वाधिक २५, जो रुटले १९ तथा ओली पोपले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतको बलिंगमा अक्षर पटेलले ५ विकेट ( १५-०-३२-५ ) , रभीचन्द्रन आश्विनले ४ विकेट ( १५-३-४८-४ ) तथा वासिंगटन सुन्दरले १ विकेट लिए।

भारतले टेस्ट जित्न मात्र ४९ रनको लक्ष्य पायो जुन उसले मात्र ७.४ ओभरमा विकेट नगुमाई भेटायो। रोहित शर्माले २५ तथा शुबमन गिलले १५ रन बनाए।

टेस्ट क्रिकेट इतिहासमै भारतको छिटो तथा समग्रमा सातौँ छिटो जित

टेस्ट क्रिकेट इतिहासमा दुई दिनमा टेस्ट समाप्त भएको यो २२ औं पटक हो। सन् १९०० अघि ९ पटक, सन् १९०० देखि १९९९ सम्म ६ पटक तथा सन् २००० पछि ७ पटक दुई दिनमा टेस्ट सकिएको छ।

मात्र दोश्रो दिनमा सकिएको टेस्ट सकिन ८४२ बल लाग्यो जुन भारतले सबैभन्दा छिटो जितेको टेस्ट हो। सन् १८७७ देखि सुरु भएको टेस्ट क्रिकेटको हालसम्मको इतिहासमा यो बलको आधारमा सातौँ छोटो टेस्ट हो। १०९ वर्ष यताको यो सबैभन्दा छोटो टेस्ट हो। टेस्ट क्रिकेटमा सबैभन्दा छिटो सकिएको टेस्ट सन् १९३२ मा अस्ट्रेलिया र दक्षिण अफ्रीका बीचको टेस्ट हो जुन ६५६ बलमा सकिएको थियो। हेर्नुस टेस्ट इतिहासकै छोटो टेस्टहरु कुन कुन हुन् –

अस्ट्रेलिया-दक्षिण अफ्रीका ( सन् १९३२ ) : ६५६ बल

वेस्टइन्डिज-इंग्ल्यान्ड ( सन् १९३५ ) : ६७२ बल

इंग्ल्यान्ड-अस्ट्रेलिया ( सन् १८८८ ) : ७८८ बल

इंग्ल्यान्ड – अस्ट्रेलिया ( सन् १८८८ ) : ७९२ बल

दक्षिण अफ्रीका – इंग्ल्यान्ड ( सन् १८८८ ) : ७९६ बल

इंग्ल्यान्ड – दक्षिण अफ्रीका ( सन् १९१२ ) : ८१५ बल

भारत – इंग्ल्यान्ड ( सन् २०२१ ) : ८४२ बल


इंग्ल्यान्डको लज्जास्पद कीर्तिमान : लगातार ५ वटा टेस्टको इनिंग्समा इंग्ल्यान्डले २ सय भन्दा कम रन बनाउदै लज्जास्पद कीर्तिमान छ। इतिहासमै पहिलो पटक यस्तो भएको हो।

भारत बिरुद्ध टेस्टमा सबैभन्दा कम रन : टेस्टमा इंग्ल्यान्डले पहिलो इनिंग्समा ११२ रन तथा दोश्रो इनिंग्समा ८१ रन सहित कुल १९३ रन बनाउन सक्यो। यो भारत बिरुद्ध टेस्ट क्रिकेटमा सबै २० विकेट गुमाउदै कुनै पनि टिमले बनाएको सबैभन्दा कुल रन हो। यस अघि यो रेकर्ड अफगानिस्तानको नाममा रहेको थियो जुन क्रममा अफगानिस्तानले कुल २१२ रन बनाएको थियो।

एण्डरसन र ब्रोड पहिलो पटक विकेटविहिन : जेम्स एण्डरसन र स्टुवार्ट ब्रोडले संयुक्त रुपमा १२१ टेस्ट खेलेका छन् जुन क्रममा पहिलो पटक कुनै टेस्टमा दुवै बलर विकेटविहिन बनेका हुन्।

जो रुटको ५ विकेट : इंग्ल्यान्ड कप्तान जो रुट भारतको पहिलो इनिंग्समा ५ विकेट लिंदै टेस्ट क्रिकेट इतिहासमा ५ विकेट लिंदा दोश्रो कम रन खर्चने कप्तान बनेका छन्। टेस्टमा कप्तानको रुपमा ५ विकेट या बढी लिंदा कम रन खर्चने बलर इंग्ल्यान्डका अर्थर गिलीगन हुन् जसले १९२४ मा दक्षिण अफ्रीका बिरुद्ध ७ रन खर्चेर ६ विकेट लिएका थिए।

अक्षर पटेलको कीर्तिमान : अक्षर पटेलले टेस्टको पहिलो इनिंग्समा ६ र दोश्रो इनिंग्समा ५ विकेट लिंदै ७० रन खर्चेर कुल ११ विकेट लिए। डे-नाइट टेस्ट इतिहासमा कुनै पनि बलरको यो उत्कृस्ट स्पेल हो। यस अघि यो रेकर्ड प्याट कमिन्सको नाममा रहेको थियो जसले श्रीलंका बिरुद्ध ब्रिस बेनमा ६२ रन खर्चेर १० विकेट लिएका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/r-ashwin-4-hundred-wicket-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy