डिपीएलमा तहल्का मचाएका यी खेलाडी पारसको टिमबाट पिपिएल खेल्ने

  • विकेटनेपाल, कार्तिक ६ 

यही कार्तिक ९ गते देखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग प्रतियोगिताको टिम चितवन राइनोजले लिग खेल्ने २ बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।

चितवन राइनोजको कप्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका पारस खड्काले गर्नेछन् जो टिमको मार्की प्लेयर समेत रहेका छन्।

सहभागी ६ वटा टिमले २ जना बिदेशी खेलाडी टिममा राख्नै पर्ने नियम अनुसार राइनोजले २ जना बिदेशी खेलाडीको नाम मंगलबार सार्वजनिक गरको हो।

को हुन् चितवन राइनोजबाट खेल्ने २ बिदेशी खेलाडी ?

चितवन राइनोजले आफ्नो टिममा २ जना भारतीय खेलाडी सन्नी पटेल र स्मित पटेललाई समाबेस गरेको छ। सन्नी र स्मित दुवै भारत गुजरातका हुन्।

धनगढी प्रिमियर लिगमा तहल्का मचाएका सन्नी पटेल 

यस अघि धनगढी प्रिमियर लिगको पछिल्लो सिजनमा काठमाडौँ गोल्डेन्स र एभरेस्ट प्रिमियरको पछिल्लो सिजनमा ललितपुर प्याट्रीएट्सको लागि खेलीसकेका सन्नी पटेल गुजरातको लागि रणजी ट्रफी खेलाडी सकेका खेलाडी हुन्।

३१ बर्षिय दायाँ हाते सन्नी पटेल लेग स्पिन बलिङ्ग गर्ने गर्छन् र आक्रामक ब्याटिंग समेत गर्नेगर्छन्।

Sunny Patel
Sunny Patel

धनगढी प्रिमियर लिगको अघिल्लो सिजनमा काठमाडौँ गोल्डेन्सलाई फाइनल पुर्याउन महत्वपूर्ण योगदान दिएका सन्नी पटेलले क्वालीफायरमा महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दा अपत्यारिलो बलिङ्ग गर्दै एक्लै ६ विकेट (  ४-१-१०-६ ) लिएका थिए। प्रतियोगिताभर ८ खेलमा कुल १३ विकेट लिएका पटेल सर्वाधिक विकेट लिने सुचीमा ललित भण्डारी ( १४ ) पछि दोश्रो नम्बरमा थिए।

यस्तै सन्नीले ब्याटिंगमा पनि  योगदान दिने क्रममा रुपन्देही च्यालेंजर्स बिरुद्ध  लिग चरणको खेलमा आक्रामक ४८ रन बनाउने क्रममा १९ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए।

यस्तै २०१७ डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सको लागि खेलेका सन्नी पटेलले राम्रो प्रदर्शन गरेका थिए। ललितपुरलाई प्लेअफसम्म पुर्याउन पटेलले अलराउण्ड प्रदर्शन गर्दै ४ खेलमा ५ विकेट तथा कुल ६६ रन समेत बनाएका थिए।

स्मित पटेल 

गुजरातको लागि अन्डर २३, अन्डर १९ र अन्डर १६ मा प्रतिनिधित्व गरिसकेका स्मित पटेल देब्रे हाते स्पिनर तथा मध्ये क्रमका ब्याट्सम्यान हुन्।

यस अघि नेपालमा नखेलेका स्मित सिनियर स्तरमा गुजरातको लागि नखेले पनि यु-२३ स्तरमा आफ्नो अल-राउण्ड क्षमताको कारण परिचित छन्। उनले सन् २०१५ मा मुम्बई यु-२३ बिरुद्धको खेलमा अविजित ९३ रनको इनिंग खेलेका थिए भने बलिङ्गमा पनि प्राय खेलमा टिमलाई विकेट दिलाएका छन्।

Smeet Patel
Smeet Patel

चितवन राइनोजमा पारस खड्का सहित अनिल साह, करन केसी, आरिफ शेख, शक्ति गौचन, भुवन कार्की, रामनरेश गिरि जस्ता राष्ट्रिय खेलाडीहरु रहेका छन्। यस्तै बिनोद लामा, हरिशंकर शाह, सोनु तामांग र सुमित महर्जन अन्य खेलाडी रहेको टिमलाई लिगकै बलियो टिमको रुपमा हेरीएको छ।

चितवन राइनोज ( मार्की प्लेयर – पारस खड्का )

खेलाडी र पाएको मूल्य – अनिल साह ( २,५०,००० ) , भुवन कार्की ( १,५०,००० ) , रामनरेश गिरि ( ८५,००० ) , करन केसी ( २,५०,००० ) , आरिफ शेख ( २,५०,००० ) , सुमित महर्जन ( ५०,००० ) , सोनु तामांग ( ८५,००० ) , बिनोद लामा ( ७०,००० ) , हरि शंकर साह ( ९०,००० ) , शक्ति गौचन ( २,१०,००० )

पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज टिमले पाकिस्तान ‘ए’ टिमको लागि खेलीसकेका क्रिकेटर उमेद आसिफ र इंग्ल्याण्डको एसेक्सका खेलाडी ड्यान लरेन्सलाई अनुबन्ध गरिसकेको छ। अन्य टिमहरुले भने बिदेशी खेलाडीहरुको नाम अधिकारिक रुपमा सार्वजनिक गरेको छैन।

प्रिमियर लिगमा कुल ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

प्रिमियर लिग कार्तिक ९ गते देखि सुरु भइ फाइनल खेल कार्तिक २० गते ( अक्टोबर २६ – नोभेम्बर ६ ) खेलिनेछ। कुल १२ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( कार्तिक १३ गते र कार्तिक १९ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्। लिगको प्रत्यक्ष प्रशारण हिमालय टिभी एचडीले गर्नेछ।

यो पटक लिगमा धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा गरिए जस्तो ३ वटा क्वालीफायर खेलहरु हुने छैनन्। पोखरा प्रिमियर लिगको लिग चरणमा उत्कृस्ट हुने टिम सिधै फाइनल प्रवेश गर्नेछ भने एक मात्र इलिमिनेटर खेलमा लिगको दोश्रो र तेश्रो स्थानमा हुने टिमले प्रतिस्पर्धा गर्नेछन् र बिजयी टिमले लिग चरणको बिजेतासंग फाइनल खेल्नेछ।

पोखरा प्रिमियर लिगले अहिलेसम्म बिजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेको छैन। आयोजकले पुरस्कार नेपाली घरेलु क्रिकेटकै सर्वाधिक हुने घोषणा भने गरिसकेको छ। लिगमा उत्कृस्ट हुने खेलाडी र उत्कृस्ट बलर र ब्याट्सम्यान गरि ३ जनाले १५५ सिसीको सुजुकी जिक्सर मोटर बाइक पाउनेछन्।

प्रतियोगिताको लागि खेलाडी चयन गर्न अक्सन असोज १४ गते सम्पन भइसकेको छ जसबाट ६९ खेलाडीहरु चयन भएका छन्। अक्सनमा सागर पुन, करन केसी, अनिल साह, आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल र बिनोद भण्डारीले सर्वाधिक २ लाख ५० हजार मूल्य पाएका थिए। प्रत्येक टिमले २ जना बिदेशी खेलाडी अनिवार्य राख्नु पर्नेछ जसको औपचारिक घोषणा अझै टिमहरुले गरेको छैन।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]