एसईए गेम्समा २ नेपाली अम्पायरले पाए मौका

sandeep lamichhane
  • विकेटनेपाल- साउन ३० 

मलेसियामा अगस्ट १९ देखि सुरु हुने २९ औँ साउथ-इस्ट गेम्स २०१७ को क्रिकेट विधा अन्तर्गत हुने खेलहरुमा २ नेपाली अम्पायरहरुले अम्पयारिंग गर्ने भएका छन् l

बुद्धि बहादुर प्रधान र दुर्गानाथ सुबेदी प्रतियोगितामा अम्पायरको भूमिका निभाउन मंगलबार मलेसिया प्रस्थान गरेका छन् l

टि-२० र ५० ओभर गरि २ वटा फर्म्याटमा महिला र पुरुष क्रिकेट टिमले खेल्ने क्रिकेट विधामा १० रास्ट्र खेल्नेछन् l आयोजक मलेसिया सहित थाईल्याण्ड, सिंगापुर, म्यानमार, भीयतनाम, टिमोर-लेस्टे, ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस क्रिकेट विधामा सहभागी छन् l

प्रधान र सुबेदी अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को डेभलपमेन्ट प्यानलका अम्पायरहरु हुन् l दुवै यसै महिना सम्पन्न यु-१९ एसिया बिश्वकप छनौटमा समेत अम्पायरको भूमिकामा थिए  l

प्रधानले हालसम्म २४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अम्पायरको भूमिका निभाई सकेका छन् l

सन् २००६ मा केन्या र बर्मुडा बीच एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अम्पायरको भूमिका निभाएका प्रधानले हालसम्म २४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाईसकेका छन् l यस्तै सन् २०१२ मा आयरल्याण्ड र केन्या बीच टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका प्रधानले अन्तिम पटक यसै बर्ष जनवरीमा आयरल्याण्ड र अफगानिस्तान बीचको भएको टि-२० अन्तर्राष्ट्रियमा अम्पायर थिए l उनि नेपालकै सबैभन्दा सफल क्रिकेट अम्पायर हुन् l

अम्पायर दुर्गानाथ सुबेदी सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगिताको दौरान

यस्तै अम्पायर सुबेदीले आईसीसी वर्ल्ड क्रिकेट लिगको खेलहरुमा अम्परिंग गर्दै आएका छन् l नेपाल र केन्या बीच यसै बर्ष सम्पन्न बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा उनि रिजर्भ अम्पायरको भूमिकामा थिए l यस्तै नेपाल टेलिभिजनका सिनियर समाचार सम्पादक रहेका उनि क्रिकेट कमेन्टेटरको रुपमा पनि परिचित छन् l

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]