खुकुरी कप : २ ओभरमै खेल जित्दै केसीटिसी क्वार्टरफाइनल प्रवेश

  • विकेटनेपाल, माघ २१- आइतबार 

राजधानीमा जारि खुकुरी च्यालेन्जर्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न २ खेलमा त्रिभुवन आर्मी क्लब र काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले जित हात पारेका छन्।

जितसंगै समुह ‘ए’ बाट काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर तथा समुह ‘सी’ बाट त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनल प्रवेश गरेका छन्। यस अघिनै समुह ‘सी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी तथा समुह ‘ए’ बाट शान्तिनगर युथ क्लब क्वार्टरफाइनल प्रवेश गरिसकेका छन्। ( अंकतालिका सबैभन्दा तल ) 

पहिलो खेल – मलपोखरीको लज्जास्पद हार 

मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा मलपोखरी क्रिकेट क्लबलाई काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले ( केसीटिसी ) ९ विकेटले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको मलपोखरी क्रिकेट क्लबले ९.४ ओभरमा सबै विकेट गुमाई मात्र ३३ मात्रै बनाउन सकेपछि ३४ रनको लक्ष ट्रेनिंग सेन्टरले २ ओभरमै भेटायो।

मलपोखरीको इनिंग ध्वस्त पार्न यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहेका नन्दन यादबले ४ विकेट तथा संजय बस्नेतले ३ विकेट लिए। प्लेयर अफ द म्याच समेत चुनिएका नन्दनले ४ ओभरको स्पेलमा मात्र ७ रन खर्चने क्रममा २ मेडन ओभर फाले भने संजयले ४ ओभरमा ११ रन खर्चादा एउटा मेडन ओभर गरे।

प्लेयर अफ द म्याच ग्रहण गर्दै नन्दन यादब

मलपोखरीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा केसीटिसीले खर्चेको अतिरिक्त १९ रन योगफलमा सर्बाधिक योगदान रह्यो।

लक्ष पछ्याउने क्रममा आदील खान १४ रनमा ( ४ बल, २ चौका र १ छक्का ) आउट भएपछि अर्का ओपनर संजय बस्नेतले १३ रन ( ५ बल, ३ चौका ) र बिबेक रानामगरले ७ रन बनाउदै टिमलाई सहज जित दिलाए।

स्कोरकार्ड हेर्नुस 

दोश्रो खेल – त्रिभुवन आर्मी क्लब Vs नेपाल क्रिकेट स्कुल 

आइतबारनै सम्पन्न दोश्रो खेलअ त्रिभुवन आर्मी क्लबले नेपाल क्रिकेट स्कुललाई ६ विकेटले पराजि गर्यो।

टस जितेर नेपाल क्रिकेट स्कुलले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा १२२/५ को योगफल तयार गरेको थियो। यु-१६ रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका रभी शाहले ओपनिंग ब्याटिंग गर्दै आर्मीको बलरसामु डटेर ब्याटिंग गरेका थिए।

अविजित ७४ रनको इनिंग खेलेका शाहले ६४ बल खेल्दा ८ चौका हिर्काए। अर्का ओपनर जितेन्द्र सिंह ठकुरीले १७, रित गौतमले १३ रन बनाए। आर्मी बलर अविनाश बोहरा, सागर पुन र राजेश पुलामीले १/१ विकेट हात पारे।

प्लेयर अफ द म्याच राजु रिजाल

१२३ रनको लक्ष आर्मीले १६.३ ओभरमै भेटायो। ओपनर भुपेन्द्र थापा १७ र इन्द्रकमल मानन्धर १० रनमा आउट भएपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका राजु रिजालले ४४ रनको इनींग खेल्दै आर्मीलाई जिततर्फ डोर्याएका थिए। ३० बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरेपछि अल्फाज मन्सुरीले राजुको विकेट लिएका थिए। राजेश पुलामी १९ तथा राहुल बिकले ११ रनको अविजित इनिंग खेल्दै टिमलाई जितसम्म पुर्याए।

क्रिकेट स्कुल बलर प्रतिश जिसी, जितेन्द्र सिंह ठकुरी, सफल केसी र अल्फाज मन्सुरीले समान १ विकेट आफ्नो नाम गरे।

स्कोरकार्ड हेर्नुस 

अंकतालिका

Group A

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
Shantinagar Youth Club 4 3 0 1 10 +1.94
KCTC 4 2 1 1 7 +2.44
RCA Pyuthan Challengers 4 2 1 1 7 +2.42
Ultimate Indoor Cricket 4 1 2 1 4 -0.39
Malpokhari Cricket Club 4 0 4 0 0 -5.07

Group C

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
WaiWai GHCA 4 4 0 0 12 +2.14
Tribhuwan Army Club 4 3 1 0 9 +3.25
Nepal Cricket School 4 1 3 0 3 -0.15
IOE Thapathali 4 1 3 0 3 -2.39
Oasis Cricket Academy 4 1 3 0 3 -2.97

सोमबार हुने खेलहरु –

पहिलो खेल : त्रिमूर्ति ब्वाइज Vs लर्ड बुद्ध क्रिकेट क्लब
दोश्रो खेल : रोयल पिसी फाइटर Vs आईओई पुल्चोक

खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउनेछ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

प्रतियोगितामा कुल २० टिम सहभागी रहेको छ। प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ भने क्वार्टरफाइनल खेलहरु मुलपानी मैदानमा खेलिनेछ।

सहभागी टिम र समुह

समूह ‘ए’ : काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर , अल्टिमेट इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब, मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ : आई.ओ.ई. पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, त्रिमुर्ति व्वाइज

समूह ‘सी’ : ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी, आई.ओ.ई थापाथली, नेपाल क्रिकेट स्कुल, त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ : टिकापुर क्रिकेट, रौतहट-११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट ब्वाइज, इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]