IPL : दुई ठूलो कीर्तिमान नजिक कोहली

इन्डियन प्रिमियर लिग ( आईपीएल ) टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहली दुई ठूलो कीर्तिमान नजिक रहेका छन्।

सोमबार बैंगलोर कोलकाता नाइट राइडर्स बिरुद्ध मैदानमा उत्रंदै गर्दा कोहली एकै फ़्रेन्चाइज् लागि २ सय खेल खेल्ने आईपीएल इतिहाँसकै पहिलो खेलाडी बन्ने छन्। कोहली आईपीएलको पहिलो सिजन २००८ देखिनै बैंगलोरबाट लिग खेलीरहेका छन्। यस क्रममा उनले १९१ पटक ब्याटिंग गरे ३७.९७ को औशतमा ६,०७६ रन बनाएका छन्। उनले ५ शतक र ४० अर्धशतक बनाउदै २००९ २०११ र २०१६ मा टिमलाई आईपीएल फाइनल यात्रा गराएका थिए।

कोहली पछि एकै टिमको लागि धेरै खेल खेल्ने खेलाडी महेन्द्र सिंह धोनी हुन् जसले चेन्नाईको लागि १८२ खेल खेलेका छन्। यस्तै धोनीका साथी खेलाडी सुरेश रैनाले चेन्नाईको लागि १७२ खेल खेलेका छन्। सबैभन्दा धेरै आईपीएलको खेल खेल्ने सुचीमा कोहली पाँचौ स्थानमा रहेका छन्। महेन्द्र सिंह धोनीले सर्वाधिक २१२, रोहित शर्माले २०७, दिनेश कार्तिकले २०३ तथा सुरेश रैनाले २०१ खेल खेलेका छन्।

यस्तै कोहली अर्को ठूलो कीर्तिमानको पनि नजिक छन्। उनि टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्न मात्र  ७१ रन टाढा रहेका छन्। उक्त रन पुरा गरेको खण्डमा उनि टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी बन्नेछन्। वेस्टइन्डिजका क्रिस गेल ( १४,२६१ ) र काईरन पोलार्ड ( ११,१७४ ) , पाकिस्तानका शोयब मलिक ( १०,८०८ ) र अस्ट्रेलियाका डेभिड वार्नर ( १००१७ ) ले मात्र हालसम्म १० हजार भन्दा बढी टि-२० मा रन बनाएका छन्। कोहली पछि रोहित शर्मा ( ९,३१५ रन ) ले भारतको लागि धेरै टि-२० मा रन बनाएका छन्।

यो सिजन आईपीएलपछि बैंगलोरको कप्तानी छाड्ने निर्णय गरेका कोहलीले क्रिकेटबाट सन्यास नलिएसम्म बैंगलोरबाट आईपीएल खेल्ने बताएका थिए। उनले २०११ मा पहिलो पटक बैंगलोरको कप्तानी गरेता पनि २०१३ मा पूर्णत कप्तानीको जिम्मेवारी पाएका थिए। सन् २०१६ मा बैंगलोर फाइनल पुग्दा कोहलीले १६ खेलमा ९७३ रन बनाउदै सर्वाधिक रन कर्ता बनेका थिए। त्यस क्रममा उनले एकै सिजन ४ वटा शतक र ७ वटा अर्धशतक बनाएका थिए।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]