फिक्सिंग आरोपमा दुइ युएई क्रिकेटर आईसीसीद्वारा निलम्बित

युएईका दुइ क्रिकेटर आमिर हयात र अश्फाक अहमद आईसीसीको भ्रस्टाचार बिरोधि नियम ( Anti Corruption Code ) अन्तर्गत दोषी पाइए पछि आईसीसीले तत्काल लागु हुने गरि दुवै क्रिकेटरलाई निलम्बित गरेको छ।

दुवै खेलाडी गत वर्ष अन्तिम महिना देखि अन्तर्राष्ट्रिय क्रिकेट बाट बाहिर रहेका थिए। फास्ट बलर हयातलाई गत वर्ष अक्टोबरमा टि-२० विश्वकप छनौटबाट कारण बिनै टिम बाहिर राखिएको थियो। यस्तै ओपनिंग ब्याट्सम्यान अश्फाकलाई युएई बोर्डले टि-२० विश्वकप छनौटको २ खेल खेलेपछि प्रतिबन्ध लगाएको थियो। यस अघि गत वर्ष युएईका पूर्व कप्तान मोहम्मद नभिद, ब्याट्सम्यान शैमन अनवर र फास्ट बलर कदिर एहमदलाई पनि उस्तै आरोपमा आईसीसीले निलम्बन गरेको थियो।


आमिर हयात र अश्फाक अहमद दुवैलाई आईसीसीको  भ्रस्टाचार बिरोधि नियमको ५ वटा नियम उल्लङ्घन गरेको भन्दै तत्काल लागु हुने गरि निलम्बन गरिएको हो।

आईसीसीले प्रेस बिज्ञप्ति मार्फत दुइ क्रिकेटरलाई बिभिन्न ५ वटा आरोप लगाएको छ। जस अन्तर्गत  खेलको नतिजामा प्रभाव पार्न पैसा या गिफ्ट लिएको, फिक्सिंग गर्न आएको प्रस्ताबको जानकारी नगराएको जस्ता आरोप छन्। आईसीसीलले खेलाडीहरुलाई सेप्टेम्बर १३ देखि १४ दिन भित्र आफुलाई लागेको आरोप बारे प्रतिक्रिया दिन समय सिमा दिएको छ।

आमिर हयात र अश्फाक अहमद

पाकिस्तानको लाहोरमा जन्मिएका ३८ वर्षीय हयातले युएईको लागि ९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ४ वटा टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरेका छन्। लाहोरमै जन्मिएका ३५ वर्षीय अश्फाक अहमदले युएईको लागि १६ एकदिवसीय अन्तर्राष्ट्रिय र १२ टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरिसकेका छन्।

दुवै क्रिकेटरले नेपालको घरेलु टि-२० लिग धनगढी प्रिमियर लिग डिपीएलमा समेत सहभागिता जनाएका थिए। गत सिजन डिपीएलमा हयात रुपन्देही च्यालेन्जर्सको लागि तथा त्यस अघिको सिजनमा अहमद धनगढी टिम चौराहाबाट खेलेका थिए।

सम्बन्धित :- 

हरेक क्रिकेट म्याच फिक्स हुनेगर्छ : सट्टेबाज संजिव चावला

आईपीएल खेल्न युएई पुग्दै सन्दिप, पहिलो खेल खेल्ने सम्भावना कम

IPL : एक सिजनमा सर्वाधिक रन बनाउने ५ खेलाडी

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]